+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

आर्यनका ‘मामा’ राजपाल यादव

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत १० गते १४:४४


यतिबेला बलिउड चलचित्रका चर्चित कमेडियन राजपाल यादव नेपालमा छन् । उनी, नेपाली चलचित्रका २ कलाकारसँग पर्दा शेयर गरिरहेका छन् । निर्देशकको नाम लुकाएर भैरहेको चलचित्र ‘करोडपति’को सुटिङमा उनले नायक आर्यन अधिकारीसँग पर्दा शेयर गरिरहेका छन् ।

आर्यनले आफ्नो फेसबुकमा राजपाल यादवसँगको तस्बिर शेयर गरेका छन् । जसमा उनले, राजपाललाई ‘मामा’ भनेर सम्बोधन गरेका छन् । चलचित्रमा आर्यन भने राजपालको ‘भाञ्जा’ बनेका छन् ।

आर्यनले ‘मामा भाञ्जा’को जोडी भन्दै तस्बिर शेयर गरेपछि अहिले यसले चर्चा पाइरहेको छ । यतिमात्र होइन, यादव पूर्ण रुपमा नेपाली दौरा सुरुवालमा देखिएका छन् । २ भारतीय कलाकारको समेत यो चलचित्रमा अभिनय रहनेछ । चलचित्रमा आर्यन र नायिका नीता ढुंगानाको जोडी देखिनेछ । करिब २ साता राजपालले यो चलचित्रको लागि डेट दिएका छन् ।

‘करोडपति’ छायांकन गर्न राजपाल यादव नेपालमा, आर्यन र नीताको जोडी पर्दामा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?