Comments Add Comment

अष्ट्रेलियाका क्रिकेटरले भनेः कोहलीलाई स्टम्पले हान्न मन थियो

अष्ट्रेलियाको क्रिकेट टिमका पूर्व ओपनर एड कोवनले कुनै बेला भारतीय कप्तान बिराट कोहलीलाई स्टम्प उखलेर हान्न मन लागेको बताएका छन् ।

कोहलीले अष्ट्रेलियाका खेलाडीसँग गरेको झगडाको प्रसंगमा उनले यस्तो बताएका हुन् । हालै सम्पन्न गावस्कर-बोर्डर ट्रफीमा भारतले अष्ट्रेलियालाई २-१ ले हराएको थियो । यस दौरान कोहलीले अष्ट्रेलियाका कप्तान स्टिभ स्मिथसँग झगडा गरेका थिए ।

फक्स स्पोर्टले कोवनलाई उदृत गर्दै भनेको छ, ‘एउटा सिरिजका क्रममा उनले यस्तो कुरा गरे जुन साह्रै रिसउठ्दो थियो । तै पनि म चुप रहेँ ।’

कोवन अगाडि भन्छन्, ‘अनुवादमा भएको गल्तिलाई मैले मुद्दा बनाएको थिइनँ तर उनले साँच्चै खराब कुरा गरेका थिए । यो एउटा व्यक्तिगत र संवेदनशील कुरा थियो । मलाई लागेको थियो कि उनलाई स्टम्प उखलेर हिर्काइदिउँ । तर, म चुप रहेँ । अन्ततः अम्पायरले नै आएर उनलाई सचेत गराए । पछि कोहलीले मसँग माफी पनि मागे ।’

कोवनले अष्ट्रेलियाबाट १८ टेष्ट म्याच खेलेका छन् र १ हजार १ रन बनाएका छन् । उनको उच्चतम स्कोर एक सय ३६ रहेको छ ।

कोवल कोहलीका प्रशंसक पनि हुन् । उनी भन्छन्, ‘म उनको खेलको प्रशंसा गर्छु । तर उनको व्यवहार ठीक छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment