माथिको तस्बिर हेर्दा तपाइलाई लाग्न सक्छ, नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराइसँगै प्रहरी चौकीमा देखिएकी करिश्मा मानन्धर पनि, धर्ना बस्दा पक्राउ परिन् । तर, तस्बिरमा देखिए जस्तो भने होइन । नायिका मानन्धर नया शक्ति नेपालकी केन्द्रिय सदस्य हुन् ।
आइतबार निर्वाचन आयोगमा धर्ना दिन पुगेका नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराई सहित केहि नेतालाई प्रहरीले पक्राउ गर्यो । धर्ना बस्दै गर्दा उनीहरुलाई प्रहरीले पक्राउ गरेर प्रहरी चौकी पुर्याएको छ ।
नायिका करिश्मा मानन्धर पनि नयाँ शक्तिको धर्नामा सहभागी थिइन् । तर, उनलाई प्रहरीले पक्राउ गरेन । उनी, बाबुराम भट्टराई लगायतका नेता पक्राउ परेपछि भेट्न चौकी पुगेकी हुन् ।
उनले अनलाइनखबरसँग भनिन्-‘धर्नामा म पनि सहभागी थिएँ । तर, बाबुरामजीहरु भन्दा म केहि पछाडि बसेकी थिएँ । बाबुरामजी लगायतका नेतालाइ पक्राउ गरेपछि चौकीमा भेट्न पुगेकी हुँ ।’ करिश्माले आफ्नो पार्टीले भोली पनि धर्नाको कार्यक्रमलाई निरन्तरता दिने भएकाले यस बिषयमा छलफल पनि गरेको बताइन् ।
प्रतिक्रिया 4