Comments Add Comment

अविवाहित थारु महिलाको ‘चिरै भजहर’

२१ चैत, कैलाली। नेपालको पश्चिमी तराई कैलालीमा बसोबास गर्ने थारु समुदायका अविवाहित महिलाहरुले महिला स्वतन्त्रताका रुपमा सोमबार चिरैचरै भजहर मनाएका छन् । थारु दिदी वहिनीहरुले एक आपसमा खुशी साटासाट गर्दै पर्व मनाएका छन् ।

पौराणिक कालदेखि नै मनाउने यो पर्वमा पहिले रोगब्याधी, जंङगलि जनावरबाट बच्न तथा देवी देवताको पुजा आरधना गरी मनाइने गरिन्थ्यो ।

सखी सञ्जाल कैलालीले आयोजना गरेको कार्यक्रममा थारु समुदायमा महिलाहरुले महिला स्वतन्त्रताको रुपमा पर्वलाई मनाएको बताएका छन् । थारु समुदायको कला संस्कृतिको जगेर्ना गर्दै महिला स्वतन्त्रता लागि पर्व मनाउन थालिएको सखीे सञ्जालकी अध्यक्ष इन्दु थारुले बताइन् ।

उनले अविवाहित महिला (छोरी) घरबाट टाढा रहेको बगियामा गएर दिनभर पौराणिक खेल -छुर, कोइली दिदी, कौरी नुकावर) खेल्ने र नाँचगान गर्दै रमाइलो गरी पर्व मनाउने गरिएको बताइन् ।


उनले यस दिन परिवारका सदस्यले मिठा-मिठा परिकार बनाई छोरीहरुलाई पुर्‍याउने चलन रहेको बताउँदै बर्षभरी घरको काममा मात्र सिमित रहने महिलाहरु आजको दिन चरा जस्तै स्वतन्त्र भएको महशुस गर्ने गरेको अध्यक्ष चौधरीले बताइन् ।

आजको दिनमा दिदीबहिनीहरुले बाटो छेक्ने र बटुवाले आफ्नो इच्छा अनुसार दान दिनु पर्ने चलन रहेको सञ्जालकी अध्यक्ष चौधरीले बताइन् । उनले बटुवाबाट उठेको दान दक्षीणाले सबै दिदीबहिनीहरुले उपहार स्वरुप केही किन्ने गरेको समेत जानकारी दिइन् ।

थारु संस्कृतिको पहिचान र संरक्षण गर्न जसरी नयाँ पुस्ताका थारु युवायुवतीहरु लागिपरेका छन् । राज्यले समेत यिनीहरुको संरक्षणमा ध्यान दिन जरुरी रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment