सिरियामाथि अमेरिकाले गरेको मिसाइल आक्रमणले आफ्नो परमाणु कार्यक्रमलाई थप मजबुत गर्ने आफ्नो फैसला सही सावित भएको उत्तर कोरियाले बताएको छ ।
सरकारी मिडियाले एक सरकारी प्रवक्तालाई उदृत गर्दै भनेको छ कि शुक्रबार भएको आक्रमण एक सम्प्रभु देशविरुद्ध असहनीय आक्रामकता हो ।
बुधबार सिरियाको विद्रोही नियन्त्रित इलाकामा सदिग्ध रासायनिक आक्रमण भएको थियो, जसमा बालबालिकासहित ८९ जनाको मृत्यु भएको थियो । यो घटनापछि अमेरिकाले शुक्रबार सिरियामाथि मिसाइल आक्रमण गरेको थियो ।
उत्तर कोरियाले हालैका दिनमा परमाणु मिसाइल विकसित गर्न कयौैं परीक्षण गर्दै आएको छ । संयुक्त राष्ट्रसंघले मिसाइल र परमाणु परीक्षणलाई लिएर उत्तर कोरियामाथि थुप्रै प्रतिवन्ध पनि लगाएको छ ।
तर, कोरियाले आफ्नो अभियान रोकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4