Comments Add Comment

एक महिनामा ६ अर्ब मात्र बढ्यो कर्जा

कर्जा विस्तार सामान्य हुन केही समय लाग्ने : राष्ट्र बैंक


२७, चैत काठमाडौं । गत माघको तुलनामा फागुन एक महिनामा बैंक तथा वित्तीय संस्थाहरुले मात्रै ६ अर्बले थप कर्जा बिस्तार गर्न सकेका छन् । गत माघमा १९ खर्ब ३० अर्ब कर्जा लगानी गरेका यी संस्थाहरुले फागुनमा भने १९ खर्ब ३६ अर्बले मात्र वृद्धि भएको छ ।

त्यस्तै, गत माघमा निजी क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले जारी गरेको कर्जा ३२.९ प्रतिशतले वृद्धि भएकोमा फागुनमा यो दरमा ३ प्रतिशतबिन्दुले कटौती भएर २८.९ प्रतिशतमा सिमित भएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले गर्दै आएको कर्जा लगानी बिस्तार सामान्य अवस्थामा फर्कन केही महिना लाग्ने उल्लेख गरेको छ । माघको तुलनामा फागुनमा सेयर धितोमा कर्जा २ अर्ब ७० करोडले घटेर ३९ अर्बमा सिमित भएको छ । घरजग्गामा, ओभरड्राफ्टमा १ अर्बले घटेको छ । यता, सवारी कर्जा भने २ अर्बले बढेको छ ।

फागुनसम्ममा बैंकहरुले उत्पादनशील क्षेत्रमा कुल कर्जाको १६.९ प्रतिशत मात्र लगानी गरेका छन् । नियम अनुसार यी क्षेत्रमा कुल कर्जाको २० प्रतिशत लगानी गर्नुपर्छ ।

माघमा ८.९ प्रतिशतले वृद्धि देखिएको बैंकहरुको निक्षपमा भने फागुनमा केही ह्रास आएर ८.३ प्रतिशतमा सिमित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment