Comments Add Comment

‘प्रेमगीत २’को शिर्ष गीत रिलिज, कस्तो देखियो प्रदिप र अश्लेषाको केमेष्ट्री ?


वि.सं २०७२ सालको सफल चलचित्र ‘प्रमेगीत’को सिक्वेल निर्माण भएको छ । थाइल्याण्ड, बर्मा र नेपालमा खिचिएको चलचित्र ‘प्रेमगीत २’ आउँदो बर्षको साउन १३ गतेबाट रिलिज हुनेछ ।

चलचित्रको प्रतिक्षा दर्शकले गरिरहेका छन् । त्यसमाथि पनि ‘प्रेमगीत’ गीतका कारण हिट भएकाले पनि ‘प्रेमगीत २’को गीत कस्तो होला भन्ने प्रतिक्षा धेरैमा छ ।

अब, यो चलचित्रको शिर्ष गीत सार्वजनिक भएको छ । नयाँ बर्षको शुभकामना सहित निर्माण कम्पनी आशुसेन फिल्मस्ले शिर्ष गीत रिलिज गरेको छ । यो गीतमा श्रेया सोताङ र रोहितजोन क्षेत्रीले आवाज दिएका छन् । कल्याण सिंहले संगीत भरेको गीतलाई अमृत महरठ्ठाले लेखेका हुन् ।

यो गीतमा चलचित्रका मुख्य कलाकार प्रदिप खड्का र डेब्यू नायिका अश्लेषा ठकुरीलाई फिचरिङ गरिएको छ । गीतको लोकेशन उत्कृष्ट छ । थाइल्याण्डको मनोरम समुन्द्री तट, गुफा, तलैया र नदीलाई आकर्षक फ्रेममा कैद गरिएको छ ।

पुरुषोत्तम प्रधानले छायांकन गरेको गीतमा रेनशा वान्तवा राइको कोरियोग्राफी छ । सन्तोष सेनले निर्माण गरेको चलचित्रलाई रामशरण पाठकले निर्देशन गरेका हुन् । निर्माता सेनले चलचित्रको बारेमा भने-‘यसपटक संगीत र कथामा स्तरियता पस्कने कोशिश गरेका छौ । गुणस्तरियतामा संझौता गरिएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment