Comments Add Comment

कसरी बन्ने सुन्दर र तन्दुरुस्त ?

सुन्दर देखिन सौन्दर्य प्रसाधनको प्रयोग मात्र काफी छैन । न केसको स्यहार गरेर मात्र पुग्छ । अनुहारदेखि हातखुट्टा, केस, नङ समग्र रुपमा सुन्दर र स्वस्थ्य हुन जरुरी छ । यसका साथै आफ्नो छालाको रंग, उचाई, मोटाई जस्ता शारीरिक बनौट अनुरुप सहि पहिरन लगाउनु पर्छ ।

तर, यतिले मात्र पनि पुग्दैन । यसले त बाहिरी आवरण मात्र सुन्दर देखिने हो । जबसम्म आन्तरिक रुपमै सुन्दर हुन सकिदैन, अनुहारमा चमक आउँदैन । अर्थात जतिसुकै मेकअप गरेपनि अनुहार फिका देखिन्छ । त्यसैले सुन्दर देखिनका लागि समग्र रुपमै आफ्नो ग्रमिङ गर्नुपर्छ ।

स्वस्थ्य जीवन

सुन्दरताको आधारभूत तत्व हो स्वास्थ्य ।

१. सन्तुलित खानेकुरा सेवन गर्ने । हरियो सागपात, फलफूल, पानीको सेवन गर्ने ।
२. योग र व्यायामलाई आफ्नो जीवनशैलीको हिस्सा बनाउने ।
३. सधै सक्रिय रहने । सुत्ने, उठ्ने र खाने तालिकालाई नियमित बनाउने ।

मानसिक विकार हटाउने

सुन्दर देखिन मानसिक विकार पनि हटाउनुपर्छ ।

१. सकारात्मक सोंचको विकास गर्ने । कसैप्रति नराम्रो धारणा नबनाउने ।
२. सधै खुसी रहने ।
३. हरेक कुरामा स्पष्ट र सन्तुलित धारणा बनाउने ।

पहिरन शैलीमा ध्यान दिने

पहिरन शैलीले मानिसको व्यक्तित्वमा खास प्रभाव पार्छ ।

१. अरुको पहिरन शैली अन्धधुन्द अनुसरण गर्ने होइन । बरु, आफ्नो शारीरिक बनौटको आधारमा सुहाउदिलो पहिरन छनौट गरौ ।
२. पुरानो ढर्राको ड्रेसअप नगरौं । बजारमा कस्तो फेसन चलेको छ भन्ने कुरामा अपडेट हुनुपर्छ ।
३. मौसम, समय र परिस्थिती अनुकुल परिहनको छनौट गरौं । कहाँ, कस्तो पहिरन लगाउने भन्ने कुराको हेक्का राख्नुपर्छ ।

अनुहार, केस र हातखुट्टाको स्यहार

समग्रमा आकर्षक देखिन सरसफाई र मेकअपमा पनि ख्याल गर्नुपर्छ ।

१. अनुहारलाई चम्किलो, मुलायम र ताजा राख्नका लागि प्राकृतिक सौन्दर्य प्रसाधन प्रयोग गरौं ।
२. केसको सफाई र सज्जामा पनि ध्यान दिनुपर्छ ।
३. हात-खुट्टा सफा हुनुपर्छ । नङको सफाईमा ध्यान दिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment