Comments Add Comment

आजदेखि ७५ जिल्लामै निर्वाचन कार्यालय खुल्ने


३ बैशाख, काठमाडौं । निर्वाचन आयोगले देशका ७५ वटै जिल्लामा आजदेखि निर्वाचन कार्यालय सञ्चालनमा ल्याउने भएको छ । बैशाख ३१ का लागि निर्धारण गरिएको स्थानीय तह निर्वाचन व्यवस्थापन गर्न आयोगले सबै जिल्लामा निर्वाचन कार्यालय सञ्चालन गर्न लागेको हो ।

७५ वटै जिल्लामा आइतबारदेखि कार्यालय खुल्ने र त्यसको नेतृत्व मुख्य निर्वाचन अधिकृतले गर्ने आयोगले जनाएको छ । आयोगले केही समयअघि जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्ति गरेको थियो ।

मुख्य निर्वाचन अधिकृतलाई जिल्लाको निर्वाचनलाई व्यवस्थित रुपमा सञ्चालन गर्न कर्मचारी परिचालनदेखिका सम्पूर्ण जिम्मेवारी दिइएको छ ।

आयोगले ६ सय ६९ निर्वाचन अधिकृत समेत तोकिसकेको छ । न्याय सेवा र निजामति सेवाका अधिकृतलाई आयोगले निर्वाचन अधिकृत तोकेको हो । यसरी नियुक्त गरिएका अधिकृतलाई पनि आयोगले कार्यक्षेत्रमा पठाइसकेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको निर्वाचन आयोगले ७ सय ४४ वटा स्थानीय तहका निर्वाचन अधिकृतका लागि भने अझैसम्म कार्यालय स्थापना गरेको छैन । स्थानीय तहमा नियुक्त गरिएका निर्वाचन अधिकृतको कार्यालय वैशाख १२ बाट स्थापना गर्ने  आयोगको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment