मुम्बई । अर्जुन कपुर र मलाइका अरोरा खानको रोमान्सको चर्चाले बलिउड चलचित्रकर्मी समेत चकित छन् । अरबाज खानसँग सम्बन्ध बिच्छेद गरेकी मलाईका अचेल मुम्बईमा आयोजना हुने विभिन्न पार्टीमा अर्जुनसंगै रमाउने गरेकी छिन् ।
मुम्बइमा आयोजित स्टार पार्टीमा अर्जुन र मलाईका पार्टी स्थान भन्दा पर बसेर रोमान्समा रमाएको प्रसंगलाई कतिपय भारतीय मिडियाले गसिप बनाए ।
त्यसो त मलाइका र अर्जुनको सम्बन्ध बिग्रनुको मुलकारण अर्जुन नै हो भन्नेहरु धेरै छन् । कुनै वेला राती अवेरसम्म अर्जुन मलाइकाको घरमा हुन्थे भने पार्टीमा पनि उनीहरु संगै हुन्थे ।
अर्पिता खानको छोराको बर्थडेमा खान परिवारसंगै मलाइका पनि सहभागी थिइन् । खान परिवारको पार्टीमा मलाईकालाई समेत देख्नेहरुले अरबाज र मलाइकाको सम्बन्ध राम्रो हुन लागेको अनुमान गरिरहेको बेला मलाइका-अर्जुनको रोमान्सले अरबाजका फ्यानहरुलाई निराश बनाएको छ ।
प्रतिक्रिया 4