Comments Add Comment

यी पाँच बानी, जसले तपाई हानी गर्छ

हाम्रो कतिपय बानी हुन्छ, जसले स्वंम् हामीलाई हानी गर्छ । हाम्रो व्यक्तित्वमा, हाम्रो प्रगतिमा, हाम्रो सम्बन्धमा त्यस्ता बानी बाधक बन्छ । यद्यपी हामी ठान्दैनौ, त्यो खराब बानी हो । किनभने त्यसमा हामी सानैदेखि अभ्यस्त भएर आएका हुन्छौ ।

यदि नराम्रा बानीलाई त्याग्ने वा सुधार गर्ने हो भने, हाम्रो जीवन सहज र सुन्दर बन्ने हो । प्रगतिका लागि बाटाहरु खुल्छन्, सम्बन्धहरु सुमधुर हुन्छन् ।

१. अर्काको दुखमा इन्जोए गर्ने 

मानविय स्वभाव के हुन्छ भने, अरुको पीडाबाट आनन्द लिने । जस्तो बाटोमा कसैले कुटपिट गर्दैछ भने हामी स्वादले रमिता हेर्छौ । अर्काको दुर्गतीको कुरा हौसिएर गर्छौ । अर्थात नकारात्मक कुराबाट आफ्नो लागि आनन्द लिने स्वभाव हामीभित्र हुन्छ । अरु अनुतिर्ण भएको, अरुले प्रगति नगरेको, अरुको आर्थिक टाट पल्टिएको, अरु रोगले थलिएको, अरुले कुटाई खाएको जस्ता कुरामा रमाउने बानीले अन्ततः हामीलाई नै हानी गर्ने हो ।

के गर्ने ?

यदि कसैले अरुको कुरा सुनाउँछ, नराम्रो कुरा गर्छ भने त्यसमा चासो राख्नु हुँदैन । तपाईलार्ए जसले अरुको बारेमा नराम्रो कुरा सुनाउँछ, उसले अरुलाई पनि तपाईको नराम्रो कुरा सुनाइरहेको हुन्छ । त्यसैले नकारात्मक कुरामा रमाउने होइन, बरु सकारात्मक कुरामा आनन्द लिने बानीको विकास गरौं । जस्तो कसैले राम्रो काम गर्‍यो, कसैले आर्थिक उन्नती गर्‍यो, कसैको जागिरमा उन्नती भयो भने उनीहरुको खुसीमा आफुपनि सामेल हुने अभ्यास गरौं ।

२. अरुसँग तुलना गर्ने

अक्सर हामी अरुसँग आफुलाई दाँज्छौ र दुखी हुन्छौं । हाम्रो स्वभाव के हुन्छ भने, अर्कासँग दाँजेर आफ्नो उचाई, औकात नाप्छौ । अरुसँग आफुलाई दाँजेर हेर्ने बानीले हामीमा आत्माग्लानी पैदा हुन्छ ।  यसले हामीलाई अगाडि बढ्नबाट रोक्छ ।

के गर्ने ?

हामी अरुसँग आफ्नो तुलना गरेर दुखी हुने होइन । किनभने अरुको जस्तै क्षमता, खुवी आफुसँग पनि हुनुपर्छ भन्ने छैन । भनिन्छ नि, संसारमा जन्मने कोहि पनि मान्छको तुलना दोस्रोसँग हुन सक्दैन । हरेकको आ-आफ्नै विशेषता, खुवी, क्षमता हुन्छ । बरु, आफ्नो खुबी पहिचान गरेर त्यही अनुसार अघि बढ्नुपर्छ ।

३. कुनैपनि काममा अर्काको भर पर्नु

कति मानिस आफ्नो कामको लागि पनि अर्कामा बढी निर्भर हुन्छन् । अरुले गरिदिन्छन् कि भन्ने मनोकांक्षा उनीहरुमा हुन्छ । त्यही कारण कुनैपनि काम आफै गर्न अग्रसर हुँदैनन् । यसरी अरुको भर पर्ने बानीले आफुलाई कहिल्यै आत्मानिर्भर बन्न दिदैन ।

के गर्ने ?

संभव भएसम्म आफ्नो काम आफै गर्ने । आवश्यक्ता भएको बेला अरुको सहयोग लिनुपर्छ, तर पूर्ण रुपमा भर पर्नु हुँदैन । चाहे त्यो घरको सामन्य काम होस् वा ठूला व्यवहारिक कुरा नै, आफ्नो काम सम्पन्न गर्न आफै जुट्नुपर्छ ।

४. बितेको कुरामा पछुतो गरिरहनु

जीवन जिउने क्रममा गल्तीहरु हुन्छन् । आफुले जानेर वा नजानेर गल्ती गरिन्छ । तर, त्यही गल्तीलाई सम्झेर बिलौना गरिरहने बानी राम्रो होइन । किनभने बितेका समयमा भएका गल्ती कमजोरीको पछुतो गर्नु कुनै समाधान होइन ।

के गर्ने ?

बिगतमा भएका गल्तीबाट पाठ सिकेर वा त्यसबाट थप उर्जा प्राप्त गरेर अगाडि बढ्नुपर्छ । किनभने हरेक गल्तीले हामीलाई व्यवहारिक रुपमा कुनै न कुनै पाठ सिकाइरहेको हुन्छ, ताकि त्यो नदोहोरियोस् ।

५.  जुन कुरा आवश्यक छैन, त्यसमा केन्द्रित हुनु

हामी अनावश्यक कुरामा समय बर्बाद गरिरहेका हुन्छौं । हामीलाई मन नपरेको कुरा पनि गरिहेका हुन्छौ । कुन काममा बढी केन्दि्रत हुने, के काम गर्ने भन्ने स्पष्ट लक्ष्य नै बनाएको हुँदैनौ । यसले गर्दा दत्तचित्त भएर एउटै काममा केन्दि्रत हुन सक्दैनौ, जसले हामीलाई सहि दिशातर्फ डोहोर्‍याउँछ ।

के गर्ने ?

आफ्नो जीवनको लागि लक्ष्य तयार गर्ने । कुन समयमा के काम गर्ने, प्राथमिकताको आधारमा तय गर्ने । अनावश्यक काममा समय बर्बाद नगरौं, सहि काममा केन्दि्रत हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment