Comments Add Comment

कति खतरनाक हुन्छ चम्किलो तरकारी ?

अक्सर हामी सब्जी खरिद गर्दा झरिलो, भरिलो, चम्किलो खोज्छौं । हेर्दै रहरलाग्दा तरकारीले हाम्रो आँखा लोभ्याउँछ । किराले खाएको वा राम्ररी नसपि्रएको तरकारी मन पराइदैन ।

चम्किलो देखिने सब्जी ताजा हुन्छ भन्ने हाम्रो बुझाई छ । तर, आँखा लोभ्याउने यस्ता सब्जी स्वास्थ्यका लागि भने निकै हानिकारक हुनसक्छ । त्यसैले बजारमा पाइने त्यस्ता सब्जी खरिद गर्नुअघि सर्तकता अपनाउनु पर्छ ।

रसायनले बढाउँछ चमक

अहिले व्यवसायिक खेती गर्ने नाममा थोरै लगानीबाट धेरै मुनाफा खोज्न थालिएको छ । यहि चक्करमा परेर सब्जीको बोटमा हानिकारक बिषादी, रसायन प्रयोग गरिन्छ । यस्तो सब्जी चाडै बढ्छ, फल्छ, पाक्छ । हेर्दा रहरलाग्दो देखिन्छ । तर, स्वाद भने हुँदैन । न त प्राकृतिक सुगन्ध नै । यस्तो सब्जीसँगै हामी विषाक्त पदार्थ पनि ग्रहण गर्न पुग्छौं, जसले शरीरमा जटिल रोगहरु निम्त्याउन सक्छ ।

सब्जीको चमक

अहिले सब्जी बिक्री गर्ने होडमा त्यसलाई चम्किलो देखाउने विभिन्न उपाय अपनाइन्छ । हेर्दा चम्किलो देखेपछि ग्राहले त्यो प|mेस एवं ताजा ठान्छ । तर, यसरी चम्काउनका लागि विक्रेताले विक्री कक्षमा उज्यालो प्रकासको व्यवस्था गरेको हुन्छ ।

मैनको प्रयोग

सब्जीलाई चम्किलो देखाउनका लागि मैनको प्रयोग समेत गरिन्छ । गोलभेडा, खुर्सानीलाई मैनको प्रयोगले चम्किलो बनाउन सकिन्छ । चक्कुले कोट्याएर हेर्दा मैन लगाएको वा नलगाएको थाहा पाउन सकिन्छ ।

हानीकारक रंग

केहि फल एवं सब्जीलाई राम्रो देखाउनका लागि त्यसमा कृतिम रंगको प्रयोग गरिएको हुन्छ । मटरको दानामा रंग प्रयोग गरिएको हुनसक्छ । यस्तो रंगले स्वास्थ्यलाई निकै हानी गर्छ ।

के गर्ने त ?

बजारमा सब्जी वा फलफूल किनमेल गर्दा विशेष ध्यान दिनुपर्छ । रंग प्रयोग गरिएको कृतिम ढंगले चम्किलो बनाएको फलफूल, सब्जी खरिद गर्नु हुँदैन । सग्लो, किराले नखाएको, चक्किलो सब्जीमा रसायन, रंग प्रयोग गरिएको हुनसक्छ ।

सब्जी /फल पकाएर खानुअघि १० वा १५ मिनेट पानीमा डुबाएर राख्नुपर्छ । त्यसपछ उक्त सब्जी/फललाई राम्ररी पखालेर मात्र सेवन गर्नुपर्छ । सब्जी खरिद गर्दा त्यसको रंग हेर्ने होइन, बरु प्राकृतिक बास्ना छ/छैन जाँच्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment