+
+

बस र भ्यान ठोकिँदा एक जनाको मृत्यु

रासस रासस
२०७४ वैशाख १२ गते १२:४०

१२ वैशाख, राजविराज । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कृष्णाराम गाउँपालिका–१ स्थित सीतापुरमा एक भ्यान र यात्रुबाहक बस ठोकिँदा सोही गाउँपालिका–३ का २५ वर्षीय ओमप्रकाश चौधरीको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख १८२७ नंको यात्रुबाहक बस विपरीत दिशाबाट आउँदै गरेको को १ ज १५५१ नंको भ्यानमा ठोकिएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका चौधरीको सप्तरीको ठेलियास्थित धर्मेश्वर अस्पतालमा राति उपचारका क्रममा मृत्यु भएको हो ।

घटनामा परि सीतापुरकै रवीन्द्र चौधरी घाइते भएकामा विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?