Comments Add Comment

भिजिट भिसाकाे प्रतिबन्ध हटाउन एनआरएन युएईको माग

२६ अप्रील, युएई । नेपाल सरकारले युएईलगायतका खाडी मूलुकमा भिजिट भिसामा भ्रमण गर्न लगाएको प्रतिबन्ध तत्काल खुलाउनु पर्ने गैरआवासीय नेपाली संघ युएई शाखाले आग्रह गरेको छ ।

संघका अध्यक्ष सुदिप कार्की र प्रवक्ता बालकृष्ण मसासिनीले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै नेपाल सरकारले हालै गरेको निर्णयप्रति एनआरएन युएईले आपत्ति जनाउँदै भिजिट भिसाको पक्षमा वकालत गरको हो ।

ग्लोबलाइजेशनको यो संघारमा विश्व आफैमा एक मुलुकझै भएको वर्तमान अवस्थामा नेपाली नागरिकले कुनै देशको नियमकानुनको परिधीमा रहेर भ्रमण गर्न नपाउनु पर्नेमा यो निर्णय कदापी न्यायसंगत नभएको एनआरएनको दाबी छ ।

भिजिट भिसाले निम्त्याएका जटिल समस्याहरु भिजिट भिसा बन्द गर्दा समाधान नहुँने एनआरएन युएईको तर्क छ ।

कर्मचारीतन्त्र घुसखोरीमा रुमलिएको अवस्थामा भिजिट भिसाधारीलाई आवागमनमा बन्द गर्दा अझ सेटिङ्गको नयाँ माध्यम पहिल्याएर दलालहरुलाई हौसला दिने कार्य भएको एनआरएन युएईले बताएको छ ।

कानुनी रुपमा ३५० दिराम्स -करिब ९ हजार ८ सय) रुपैयाँमा लिन सकिने भिसा र करिब १ हजार २ सय दिराम्स -करिब ३३ हजार ६०० सय) रुपैयाँमा पाइने हवाइ टिकट मात्र भएको खण्डमा युएई आउन सक्ने एक नेपालीले सेटिङ्गबाट आउँदा लाखौँ खर्च गर्ने गरेको विज्ञप्तिमा उल्लेख छ ।

युएईमा नेपालीहरु सामान्य लेबर मात्र नभएर ठूलाठूला कम्पनीहरुमा मेनेजर, डाक्टर, इन्जिनियर साथै व्यावसायीहरु पनि भएको स्मरण गराउँदै एनआरएन युएईले भिजिट भिसाधारीलाई नेपाल एयरपोर्टमा रोक लगाउँदा प्रत्यक्ष असर परेको स्मरण गराएको छ ।

कुनै नेपाली वर्षौदेखि यहाँ बसिरहेको र उसले आफ्नो परिवारलाई घुमाउन ल्याउन नपाउने भएका कारण सरकारको यो निर्णय तत्काल फिर्ता हुनुपर्ने एनआरएन युएईको माग छ ।

भिजिट भिसामा आएर पनि योग्यता अनुरुपको जागिर खोज्न पनि सकिने त्यसले व्यक्ति तथा देशकै अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने एनआरएन युएईका युवा संयोजक निश्चल तीर्थ दाहालले अनलाइनखबरलाई बताए ।

यसअघि नेपाल पत्रकार महासंघ युएई शाखाले पनि यही विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपाली दूतावास अबुधाबीमार्फत् ज्ञापनपत्र बुझाउँदै भिजिट भिसामा भ्रमण गर्न लगाइएको प्रतिबन्ध खुलाउन आग्रह गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment