१७ वैशाख, काठमाडौं । मसाल चिन्हमा स्थानीय तहकाे चुनावमा सहभागी हुने भएपछि नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमले विभिन्न जिल्लाहरुमा आफ्ना उम्मेदवार चयन प्रक्रिया तीव्र बनाएका छन्कोर ।
विभिन्न जिल्लामा उम्मेदवारहरुको टुङगो लगाउने क्रममा नयाँ शक्ति र संघीय समाजवादी फोरमले रामेछाप र सिन्धुपाल्चोक जिल्लामा उम्मेदवारहरु टुङगो लगाएको छ ।
२ नगरपालिका र ६ गाउँपालिका रहेको रामेछाप जिल्लाको २ वटै नगरपालिकाको उम्मेदवार छनौट गरिसकेको नयाँ शक्ति पार्टी रामेछाप जिल्ला संयोजक रोमन लामाले जानकारी दिए ।
रामेछाप नगरपालिकामा संघीय समाजवादी फोरमका मिनबहादुर तामाङलाई नगर प्रमुखको उम्मेदवार चयन गरेको छ भने उपप्रमुखमा नयाँ शक्तिकी रीता कार्कीलाई चयन गरेको छ । त्यसैगरी मन्थली नगरपालिकामा नगर प्रमुखको उम्मेदवार रामबहादुर तामाङ र उपप्रमुखमा सविना तामाङलाई छनौट गरेको संयोजक लामाले बताए ।
त्यसैगरी नयाँ शक्तिले दोरम्बा, सुनापति गाउँपालिकाको उम्मेदवारको छनौट पनि अन्तिम चरणमा पुगेकोले सोमबार बिहान सबै उम्मेदवार टुंग्याएर सार्वजनिक गर्ने संयोजक लामाले बताए ।
कूल ६३ वटा वडा रहेेको जिल्लामा खाँडादेबी, दोरम्बा, सुनापति, उमाकुण्ड, लिकु र गोकुल गंगासहित छ गाउँपालिका रहेका छन् ।
यस्तै, सिन्धुपाल्चोक जिल्लाको लागि आधिकारिक हस्ताक्षरसहितको टिकट लिएर केही उम्मेदवारको छनोट गरिसकेको नयाँ शक्ति सिन्धुपाल्चोकले जनाएको छ ।
मेलम्ची, चौतारा साँगाचोक गढी र बाह्रविसे गरी तीन नगरपालिका र ९ गाउँपालिका रहेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा राजु चौलागाई प्रमुख तथा उपप्रमुखमा विन्दा आचार्यलाई छनौट गरिएको जिल्ला संयोजक भिमप्रसाद पराजुलीले बताए ।
चौतारा साँगा गढी नगरपालिकाको प्रमुखमा रेशम गिरी र उपप्रमुखको उमेदवारमा विष्णु बिकको नाम छनौट गरिएको छ ।
प्रतिक्रिया 4