+
+
Shares

क्रान्तिकारीले मनायो ३२ औं मित्रमणी स्मृति दिवस

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख १८ गते १३:२७

१८ वैशाख,काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले सोमबार देशभर ३२ औंं मित्रमणी आचार्य दिवस मनाएको छ ।

राजधानीमा सोमबार आयोजित कार्यक्रममा क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष रञ्जित तामाङले मित्रमणी विद्यार्थी आन्दोलनका महान सहिद भएको भन्दै उनले देखाएको बाटो नभुल्ने प्रतिबद्धता व्यक्त गरे ।

उपाध्यक्ष तामाङले शैक्षिक ब्यापारिकरण र माफियाकरणका विरुद्धको सम्झौताहीन संघर्ष नै आचार्यप्रतिको सच्चा श्रद्धाञ्जली हुने वताए ।
कार्यक्रममा विद्यार्थी नेता डिवि साउँद र पवन कार्कीले आचार्यको जीवनी बारे प्रकाश पारेका थिए ।

पञ्चायतकालका चर्चित विद्यार्थी नेता आचार्यलाई २०४२ साल वैशाख १८ गते हत्या गरिएको थियोे ।

पक्लिहवा क्याम्पस र रामपुर क्याम्पसको स्ववियु सभापतिको जिम्मेवारीसमेत सम्हालिसकेका आचार्य त्यसवेलाका निकै लोकप्रीय विद्यार्थी नेता थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?