+
+
Shares

बिहेपछि नेपाल आएकी गरिमाले गरिन् विद्यालयमा ७ लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख १९ गते १६:५१


चलचित्र ‘झोला’बाट विभिन्न अवार्ड जितेकी नायिका गरिमा पन्त अहिले चलचित्र क्षेत्रबाट हराएकी छिन् । वेल्जियममा बिहे गरेर उतै बस्न थालेपछि उनी यो क्षेत्रबा टाढा जस्तै देखिएकी हुन् ।

तर, बिहे भएको करिब १ बर्षपछि नेपाल आएकी नायिका गरिमा पन्तले आफूले पढेको विद्यालयलाई आर्थिक सहयोग गरेकी छिन् । श्री मित्रता उच्च माबी र श्री मस्र्याङ्दी सामुदायिक विद्या मन्दिरमा उनले आर्थिक सहयोग गरेकी हुन् । उनले, दुबै विद्यालयमा साढे ३ लाख-साढे ३ लाख सहयोग गरिन् ।

उनले गरिब तथा जेहेन्दार विद्यार्थीको सहयोगार्थ रकम सहयोग गरेको जानकारी दिएकी छिन् । गरिमाले गतबर्ष बिहे गर्दाको समयमा नै आफू अध्यनरत विद्यालयमा रकम सहयोग गर्ने घोषणा गरेकी थिइन् । उनी, अहिले पति हरि शर्माको साथमा नेपालमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?