Comments Add Comment

आर्थिक समाचार: भोट तान्न असम्भव आश्वासन

२० वैशाख, काठमाडौं । स्थानिय तहको निर्वाचनमा सर्वसाधारणको मत तान्न प्रमुख राजनितीक दलहरुले पूरा हुनै नसक्ने खालको आर्थिक एजेन्डा सार्वजनिक गरेका छन् ।

मुलुकका प्रमुख दुई दल नेपाली काँग्रेस र एमालेले आगामी १० वर्षमा प्रतिव्यक्ति आय पाँच हजार अमेरिकी पुर्याउने  घोषणापत्र सार्वजनिक गरेका छन् ।

अर्थशास्त्रीहरुका अनुसार सबै नेपालीको प्रतिव्यक्ति वार्षिक आम्दानी पाँच हजार डलर पुर्याउन  आगामी १० वर्षसम्म १९ प्रतिशतले आय बढ्नुपर्छ । अहिले प्रतिवर्ष औसतमा १० प्रतिशतले पनि आय बढन सकेको छैन । नागरिक दैनिकले भोट तान्न असम्भव आश्वासनलाई मुख्य समाचार बनाएको छ ।

नेपालमा पेट्रोल पम्प चलाउने भारतको दाउलाई पनि नागरिकले लेखेको छ ।

कार्बन सञ्चिति कार्यक्रम महँगो सन्दर्भमा कारोबार दैनिकले १२ जिल्लाको लागत साढे १८ अर्बलाई मुख्य समाचार बनाएको छ । हवाई यात्रु बिमा सवा करोड पुग्दैलाई पनि कारोबारले लेखेको छ । निकासी पैठारी संकेत नम्बर साउनदेखि लेखेको कारोबारले निर्यातमुखी व्यापारमा जोड दिइनेलाई पनि कारोबारले लेखेको छ ।

एनसेल फोरजी सेवा सन्दर्भमा संसदीय समितिबीच विवादलाई अन्नपूर्णले मुख्य समाचार बनाएको छ । इम्बोस्ड नम्बर जडान गर्न कानुनी अड्चनलाई पनि अन्नपूर्णले लेखेको छ ।

नेपालमा एक सगरमाथा आरोहीको खर्च ३५ लाखलाई नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ । आयात व्यवसायका लागि १० लाख रुपैयाँ पुँजीलाई पनि नयाँ पत्रिकाले लेखेको छ । महासंघका उपाध्यक्ष मेयरका उम्मेदवारलाई पनि नयाँ पत्रिकाले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment