
२० बैशाख, ललितपुर । माओवादी केन्द्रले सांसद योगेन्द्र घिसिङलाई साधारण सदस्यसमेत नरहने गरी निस्कासित गरेको छ । घिसिङ माओवादी केन्द्रका समानुपातिक सांसद हुन् ।
माओवादी ललितपुरका संयोजक राजकाजी महर्जनले अनलाइनखबरसँग भने, ‘उहाँले ललितपुरका बिभिन्न गाउँपालिकामा पार्टीको नीति र निर्देशनविपरित आफू निकटकालाई उम्मेदवारी दिन लगाउनु भएको छ । त्यसैले कारबाही गरिएको हो ।’
बुधबार बसेको ललितपुर जिल्ला कार्यसमितिको बैठकले घिसिङलाई निस्कासित गर्ने निर्णय गरेको महर्जनले बताए । घिसिङ माओवादीको ललितपुर जिल्ला समिति सदस्यसमेत हुन् ।
‘उहाँलाई जिल्ला पार्टीले कारबाही गर्यो । अब पार्टी प्रमुख सचेतकले आवश्यक निर्णय गर्नुहुन्छ,’ महर्जनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4