Comments Add Comment

स्थानीय तह निर्वाचनमा भिड्दै छन् यी विद्यार्थी नेता

२१ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनमा दर्जनौं विद्यार्थी नेता उम्मेदवार बनेका छन् । नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुखदेखि वडा सदस्यसम्ममा विद्यार्थी नेताहरु उम्मेदवार बनेका छन् । ३१ जेठमा हुने दोस्रो चरणको निर्वाचनमा उम्मेदवार बन्न पनि कतिपय विद्यार्थी नेताले लबिङ गरिरहेका छन् ।

माओवादी केन्द्रका तर्फबाट अनेरास्वविय क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने मेयरको उम्मेदवार बनेका छन् । बाँकेको कोहलपुर नगरपालिकामा न्यैपानेलाई मेयरको उम्मेदवार बनाउने निर्णय पार्टीले गरिसकेको छ ।

क्रान्तिकारीकै सचिव भगतसिंह छेकर बोहरा दार्चुलाको खण्डेश्वरी गाउँपालिकाको अध्यक्षमा र अर्का सचिव बिर्सिका राई खोटाङको गाउँपालिका उपाध्यक्षमा उम्मेदवार बनेकी छन् ।

३१ वैशाखमा हुने निर्वाचनमा अनेरास्ववियु क्रान्तिकारीका तर्फबाट प्रदेश नं. ३ मा पाँच केन्द्रीयस्तरका नेता स्थानीय तहमा भिड्दै छन् । अध्यक्ष नरेन्द्र न्यौपानेका अनुसार केन्द्रीय सचिवालय सदस्य कविता ढुंगाना नुवाकोटको बेलकोटगढी नगरपालिकामा उमपेयर उम्मेदवार बनेकी छन् ।

एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय स्तरका नेताहरु पनि स्थानीय तहमा उम्मेदवार बनेका छन् । केही नेता दोस्रो चरणको निर्वाचनको तयारीमा छन् । अनेरास्ववियुका कार्यालय सचिव राजेन्द्र गजुरेलका अनुसार केन्द्रीय सदस्य सृष्टि रेग्मी बाजुराको बुढीनन्दा नगरपालिकाको उपमेयरमा उम्मेदवार बनेकी छन् । त्यसैगरी केन्द्रीय सदस्य ईश्वर तिमिल्सिना सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका वडा नं. ७ को अध्यक्षको उम्मेदवार बनेका छन् ।

नेविसंघका केन्द्रीय स्तरका नेताहरुको स्थानीय तहमा एकदमै न्यून उम्मेदवारी परेको छ । नेविसंघ अध्यक्ष नैनसिंह महरका अनुसार केन्द्रीय सदस्य कल्पना खड्का रापेछापको लिखु गाउँपालिकाबाट उपाध्यक्ष पदको उम्मेदवार बनेकी छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment