Comments Add Comment

‘हिटलर’लाई युटुबले के गर्‍यो ? साढे २ लाख पुगेको गीतको भ्यू ७० मा झर्‍यो ?

संभवत, पहिलो पटक हुनसक्छ, सामाजिक संजाल युटुबले एक नेपाली चलचित्रको गीतको भ्यू घटाइदिएको छ । जेठ १२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘हिटलर’को ‘जब सम्म’ बोलको गीतको भ्यू अहिले तपाइले हेर्नुभयो भने, ७० हजार मात्र छ ।

तर, यो गीतको भ्यू यति मात्र होइन । यो गीत युटुबमा साढे २ लाख पटकसम्म हेरिएको थियो । तर, चलचित्रको यो गीतको भ्यू ७० हजार आसपासमा मात्र युटुबमा देखाउँछ । साढे २ लाख पुगिसकेको भ्यू बढ्नुको सट्टा घटेपछि यसको निर्माणपक्ष चकित भएको हो ।
आखिर किन यस्तो भयो त ? जर्मनका क्रुर शासक ‘हिटलर’को नामसँग मेल खान गएकाले युटुबले यो चलचित्रको गीतमा मनोपरि गरिरहेको हो । गीतको भ्यू कम देखाउँदा चलचित्रको प्रचारमा समेत अप्ठ्यारो परेको र आफुहरुले बारम्बार युटुबमा यसको बारेमा जवाफ सोधेको निर्देशक सौरभ ढकालले जानकारी दिए ।

सोहित मानन्धर, सामिया बर्तौला, मेनुका प्रधान लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्र कमेडी लभस्टोरी कथामा बनेको छ । चलचित्रको फेसबुक आइडी समेत खोल्न यसको निर्माणपक्षले नामकै कारण पाएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment