Comments Add Comment

‘बाहुवली २’ हिट भएपछि प्रवासले पारिश्रमिक बढाए


विश्वभरबाट १ हजार करोड कमाउन सफल भैसकेको चलचित्र ‘बाहुवली २’का नायक हुन् प्रवास । यो चलचित्र रिलिज भएपछि उनको कामको चौतर्फी तारिफ भएको छ । प्रवासले दोहोरो भूमिकाका लागि आफ्नो तौल समेत बढाएका थिए ।

एसएस राजमौलीको निर्देशनमा तयार भएको यो चलचित्रमा प्रवासले गरेको अभिनय र मिहिनेत तारिफयोग्य पनि छ । यो चलचित्रले बम्पर कमाई गरेपछि साउथका सुपरस्टारले पारिश्रमिक समेत वृद्धि गरेको खबर सार्वजनिक भएको छ ।

यो चलचित्रका लागि उनले २५ करोड पारिश्रमिक लिएका थिए । अब, पारिश्रमिकमा उनले ५ करोड वृद्धि गर्दै ३० करोड माग्न थालेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

चलचित्र ‘बाहुवली २’का लागि प्रवासले २५ करोड, अनुष्का सेट्टी र तमन्ना भाटियाले ५-५ करोड पारिश्रमिक लिएका थिए । चलचित्र बम्पर हिट भएपछि प्रवास अहिले मलेसियामा आरााम गर्न पुगेका छन् । उनको अहिले बलिउड नगरीमा समेत डिमाण्ड बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment