+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

गृहको निर्देशन – विप्लव कार्यकर्ता भेट्नासाथ समात्नू

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २६ गते ६:२३


२६ वैशाख, काठमाडौं । गृह मन्त्रालयले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले निर्वाचन बिथोल्ने गतिविधि बढाइएको भन्दै तिनलाई तत्काल पक्राउ गरी सार्वजनिक मुद्दा चलाउन सुरक्षा निकायलाई सर्कुलर गरेको छ ।

निर्वाचन बिथोल्ने उद्देश्यले उच्छृंखल र आपराधिक गतिविधि बढाएपछि गृह मन्त्रालयले विप्लवका कार्यकर्ता खोजी गरी पक्राउ गर्न सुरक्षा निकायलाई सर्कुलर गरेको हो । आगामी आइतबार ३, ४ र ६ नम्बर प्रदेशका ३४ जिल्लामा हुने स्थानीय तह निर्वाचन बिथोल्ने उद्देश्यले अभियान तीव्र पारेपछि गृहले विप्लवका कार्यकर्ता पहिचान गरी पक्राउ गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयको तथ्यांक अनुसार, विभिन्न जिल्ला प्रशासन कार्यालयले सोमबारसम्ममा निर्वाचन बिथोल्ने अभियानमा लागेका १ सय ८ जनालाई सार्वजनिक मुद्दा चलाएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?