+
+
Shares

विप्लवको पार्टीबाट संघर्षका कार्यक्रम घोषणा, २० कात्तिकमा काठमाडौंमा सभा

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १० गते १५:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल कम्युनिष्ट पार्टीले कात्तिक २० गतेसम्म दश दिने जनसंघर्षका कार्यक्रम घोषणा गरेको छ।
  • कार्यक्रमअनुसार १३ कात्तिकसम्म भित्ते लेखन र १५ कात्तिकमा देशव्यापी मसाल जुलुस प्रदर्शन गरिनेछ।
  • विप्लवले कात्तिक २० गते काठमाडौंमा बृहत् जनसभामा सम्बोधन गर्ने र स्वाधीनता र समाजवादका पक्षधरलाई सहभागी हुन आह्वान गरेका छन्।

१० कात्तिक, काठमाडौं। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दश दिने जन संघर्षका कार्यक्रम घोषणा गरेको छ।

हालै सम्पन्न केन्द्रीय समितिको विशेष बैठकको निर्णयअनुसार पार्टीले कात्तिक २० गतेसम्मका लागि जनसंघर्षका कार्यक्रम घोषणा गरेको हो।

नेकपा केन्द्रीय समितिको विशेष बैठक २४ देखि ३० असोजमा केन्द्रीय कार्यालय कपिलवस्तुमा बसेको थियो।

कार्यक्रमअनुसार १३ कात्तिकसम्म भित्ते लेखन तथा १५ कात्तिकमा देशव्यापी मसाल जुलुस प्रदर्शन गरिनेछ। भित्ते लेखनमा सर्वपक्षीय अन्तरिम सरकार गठन गर, अग्राधिकारसहितको समाजवाद निर्माण गर, जेनजीमाथि भएको दमनको निष्पक्ष छानबिन गर, युवालाई स्वदेशमै रोजगारीको ग्यारेन्टी गर, भ्रष्टाचारको निष्पक्ष छानबिन गर, दलाल प्रकृतिका गैरसरकारी संस्थाहरू खारेज गर जस्ता नारा लेखिने सो पार्टीले जनाएको छ।

कात्तिक १७ मा देशव्यापी विरोध प्रदर्शनसहित कोणसभा र २० कात्तिकमा काठमाडौंमा बृहत् जनसभा गर्ने कार्यक्रम तय भएको छ। विप्लवले सम्बोधन गर्ने सभामा सहभागिताको लागि नेकपाले देशभरका स्वाधीनता र समाजवादका पक्षधरलाई आह्वान गरेको छ।

सोमबार सामाजिक सञ्जालमार्फत एक सन्देश प्रवाह गर्दै विप्लवले २० गते काठमाडौंमा भेट्न अपिल गरेका छन्।

‘नेपाललाई अरूले होइन हामी आफैंले फेर्ने हो। अरूले होइन, नेपालीले नै चलाउने हो। जब भ्रष्ट, कमिसनखोर, तस्कर, दलाल, परजीवीहरू समाप्त हुनेछन् देशले आत्मसम्मानसहित उन्नति हासिल गर्नेछ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘स्वाधीनता र समाजवादका पक्षमा उभिन कात्तिक २० गते काठमाडौंमा भेटौं साथीहरू।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?