+
+

सल्यानमा कांग्रेस उम्मेदवारको लडेर मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २६ गते १४:१९

२६ वैशाख, सल्यान । सल्यानमा चुनावी प्रचारमा हिडेका नेपाली कांग्रेसका एक जना उम्मेदवारको लडेर मृत्यु भएको छ ।

कुमाखमालिका गाउँपालिका वडा नम्बर १ मा खुलातर्फ कांग्रेसबाट सदस्यको उम्मेदवार बनेका दलबहादुर रानाको मृत्यु भएको निर्वाचन आयोगले जनाएको छ ।

चुनाव प्रचारका क्रममा राती अबेरसम्म मतदातासंग भेटघाट गरिरहेका उनी छिमेकीको घरबाट खसेर भैंसी बाँध्ने किलोमा परेका थिए ।

गम्भीर घाइते भएका रानाको उपचारको क्रममा भारतको लखनउमा सोमबार मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?