Comments Add Comment

बोइलर कुखुराको मासु खानेले जान्नै पर्ने यी तथ्य 

यदि तपाई कुखुराको मासु सेवन गर्न रुचाउनुहुन्छ र बजारमा उपलब्ध बोइलर खरिद गर्नुहुन्छ भने सोच्नुहोस् । स्वास्थ्य बचाउने कि स्वाद ?

अप्राकृतिक ढंगले उत्पादन गरिएको कुखुराको मासुले हाम्रो स्वास्थ्यमा गंभिर समस्या निम्त्याउँछ । पछिल्ला अध्ययनहरुले यसै भन्छ । छोटो अवधीमा हुर्काइने बोइलर कुखुराको मासु सकेसम्म सेवन नगरेकै राम्रो । किन त ?

१. एकसाथ सैयौं बोइलर कुखुरा पालिएको हुन्छ । त्यसमध्ये कुनै न कुनैमा रोगको संक्रमण हुन्छ । त्यसैबाट अन्य कुखुरा पनि संक्रमित हुन्छन् ।

२. बोइलर कुखुराहरुको रोग प्रतिरोधात्मक क्षमता अत्यान्तै कम हुन्छ । त्यसैले उनीहरुलाई एन्टि बायोटिक इन्जेक्सन दिइन्छ, ताकि एन्टिबायोटिक क्षमता बृद्धि होस् । हामी त्यस्तै इन्फेक्सनले ग्रस्त कुखुराको मासु सेवन गरिरहेका हुन्छौ ।

३. अध्ययनहरुमा पाइएको छ कि, बोइलर कुखुरामा हाइ कोलोस्टर पाइन्छ । यसले क्यान्सरको खतरा समेत बढाउँछ ।

४. व्यवसायिक हिसावले पालिने कुखुरालाई छिटै हुर्काउनका लागि केहि रसायन र औषधी प्रयोग गरिन्छ । त्यसैले बोइलर कुखुरा सेवन गर्दा त्यसले हाम्रो शरीरलाई पनि सोझो असर गर्छ ।

५. बोइलर कुखुरा सेवन गर्दा फुड पोइजनको भय हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment