Comments Add Comment

घोषणापत्र बेचेरै निर्वाचन खर्च !

२७ वैशाख, काठमाडौं । स्थानीय तहको पहिलो चरणको निर्वाचन हुन पाँच दिन बाँकी छ । निर्वाचनमा आफ्नो पक्षमा मत माग्न उम्मेदवारहरु तथा समर्थकहरु घरदैलो कार्यक्रममा व्यस्त छन् । पार्टीका उम्मेदवारहरु कार्यकर्ता र समर्थकसँगै तामझामका साथ कार्यक्रम गरिरहेका छन् । यसरी गरिने तामझामका लागि उनीहरुको स्रोत के होला ? सबैलाई चासो हुन सक्छ ।

दोस्रो संविधानसभा बहिष्कार गरेको मोहन वैद्य नेतृत्वको नेकपा ( क्रान्तिकारी माओवादी) तत्कालीन नेकपा –माओवादी पनि स्थानीय तहको निर्वाचनमा भाग लिँदै छ । स्थानीय तहको निर्वाचनका लागि दल दर्ता नगरेको क्रान्तिकारी माओवादी आफ्नो चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाको नाममा स्वतन्त्र रुपमा उम्मेदवार खडा गरेर निर्वाचनमा होमिएको हो ।

यसरी निर्वाचनमा होमिएको मोर्चाले आफ्नो चुनावी खर्चको मुख्य स्रोत भने चुनावी घोषणापत्रलाई बनाएको छ । मोर्चाले तयार पारेको घोषणापत्रको मूल्य १० रुपैयाँ राखिएको छ । यही घोषणापत्रको बिक्रीलाई मोर्चाले निर्वाचन प्रचारको स्रोतका रुपमा लिएको आजको राजधानी दैनिकले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment