भनिन्छ, जब आमाले आफ्नो बच्चाको मसाज गर्छिन्, उक्त स्पर्शले बच्चालाई सुखद अनुभूति दिलाउँछ । साथै सुरक्षाको महसुष पनि गराउँछ । हामीकहाँ बच्चालाई तेल लगाएर मसाज गरिदिने चलन छ, यसले बच्चाको शारीरिक बिकासमा फाइदा गर्छ ।
– यदि बच्चालाई नियमित रुपले मसाज गरियो भने रोग लाग्ने संभावना कम हुन्छ ।
– जुन नवजात शिशुलाई हरेक दिन राम्ररी मसाज गरिएको हुन्छ, उनीहरु स्वस्थ्य, बलियो हुन्छ । साथै सुचारु रुपले शरीरको विकास पनि हुन्छ ।
– एक राम्रो बेवी आयलले मसाज गर्दा बच्चालाई आरम र खुसी मिल्छ । यसका साथै राम्ररी निन्द्रा पनि लाग्छ । उठेको बेला ताजा एवं स्फूर्ति महसुष गर्छन् ।
– मसाज एक राम्रो व्यायाम पनि हो । यसले बच्चालाई भावनात्मक सुरक्षा पनि मिल्छ ।
– मसाजले बच्चाको सानोतिनो रोग त्यसै हट्छ । जस्तो कि, बच्चाको पेटमा ग्यास हुनु, निन्द्रा नलाग्नु, पाचन क्रिया कमजोर हुने जस्ता समस्या हट्छ ।
– मसाजको समय सफाईको पनि ख्याल राख्नुपर्छ ।
– यदि बच्चाले दुध पिएको छ वा पेट भरिएको छ भने तुरुन्तै मसाज गरिदिनुहुँदैन ।
– तीन-चार महिनाको बच्चालाई नुहाइदिनुअघि उसको सबै अंगमा बेबी आयलले मसाज गरिदिनुपर्छ ।
– मसाज गरिसकेपछि चिसो मौसममा तातो पानीले, गर्मीमा सामन्य पानीले र बर्षाको मौसममा मनतातो पानीले नुहाइदिनुपर्छ ।
– मसाज गरेको समय लोरी गाउनु राम्रो हुन्छ, यसले बच्चाले मसाजको पुरा आनन्द उठाउन सक्छ ।
कसरी गर्ने ?
– बच्चालाई मसाज गर्दा जहिलो पनि दाहिने खुट्टाबाट सुरु गर्नुपर्छ । शिशुको खुट्टालाई दुबै हातको बिचमा दबाएर रगड्नुपर्छ ।
– ध्यान राख्नुपर्छ कि, मसाज गरेको समयमा दुबै औंलाको एकै रिदम मिल्नुपर्छ ।
– बच्चाको औंलाको पनि मसाज गर्नुपर्छ ।
– मसाज गर्दा ध्यान राख्नुहोस् कि, तपाईको हात चिसो हुनुहुँदैन र हल्का ढंगले मसाज गरिदिनुपर्छ ।
प्रतिक्रिया 4