Comments Add Comment

विश्व बैंकले भन्यो-२३ वर्षपछि नेपालको आर्थिक वृद्धिदर ७.५ प्रतिशतमा

हटेको लोडसेडिङ र अघि बढेको पुनर्निर्माण मुख्य कारक


२८ वैशाख, काठमाडौं । २३ वर्षपछि नेपालको अार्थिक वृद्धिदर ७.५ प्रतिशतले वृद्धि भएको छ । विश्व बैंकले बिहीबार एक सूचना प्रकाशित नेपालको आर्थिक वृद्धिदर बजार मूल्यका आधारमा ७.५ प्रतिशत पुगेको जनाएको छ ।

उसले आर्थिक वृद्धिदर सकारात्मक देखिएपनि अझै जोखिमहरु कायम रहेको बताएको छ । विद्युत् उपलब्धता, पुनर्निर्माणले लिएको गति र उपयुक्ता मनसुनका कारण यो वर्षको आर्थिक वृद्धि २३ वर्ष यताकै उच्च भएको विश्व बैंकको भनाइ छ ।

सन् २०१५ मा नेपालको आर्थिक वृद्धि ३३ प्रतिशतले भएको थियो । त्यस्तै सन् २०१६ मा भने १४ वर्ष यताकै न्युन शून्य दशमलव ४ प्रतिशतले आर्थिक वृद्धि भएको थियो ।

गत वर्ष भारतको आर्थिक नाकाबन्दीका कारण नेपालको बृद्धिमा ठूलो असर पुगेको थियो । गत वर्षको आर्थिक वृद्धि खस्कनुमा नाकाबन्दी भएको विश्व बैंकको भनाइ छ ।

अघि बढेको पुनर्निर्माण र यो वर्ष मूख्य शहरमा हटेको लोडसेडिङका कारण यो वर्षको आर्थिक बृद्धि उल्लेखनीय रुपमा बढेको बिश्व बैंक बताउँछ ।

यो वर्ष धान उत्पादन ५.२ मिलियन टन बराबर पुग्ने आँकलन गरिएको छ । गत वर्ष भने धान उत्पादन ४.२ मिलियनमै सिमित भएको थियो ।

साथै यो वर्ष भूकम्प कारण अवरुद्ध भएको १ सय मेगावाट बराबरको बिद्यतु आयोजनाहरु समेत सञ्चालनमा आउन लागेका छन् ।

यातायात तथा ओसार पसार नाकाबन्दीपूर्वको अवस्थामा फर्केको छ । साथै पर्यटन क्षेत्रमा पनि ब्यापक सुधार आएको छ ।
तर, निर्यातको अवस्थमा भने सुधार आउन सकेको छैन ।

जसका कारण ब्यापार घाटा भने दिनदिनै बढ्दै गएको छ । यसअघि भने बिशव बैंकले यो वर्षको आर्थिकवृद्धि ६.५ प्रतिशतले बृद्धि हुने जनाएको थियो ।

तर, अहिले भने यसमा संसोधन गर्दै ७.५ प्रतिशतको हाराहारीमा हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment