Comments Add Comment

राष्ट्रका लागि एक दिन दुःखकष्ट सहेर मतदान गर्नोस्ः निर्वाचन आयोग

पहिलो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा

३० बैशाख, काठमाठौं । स्थानीय तह निर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले मतदानको अघिल्लो दिन पत्रकार सम्मेनन गरी ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन मतदातालाई अपील गरेको छ ।

प्रदेश नम्बर ३, ४ र ६ का चार महानगर र एक उपमहानगरसहित २८३ स्थानीय तहमा भोलि निर्वाचन हुँदैछ । भोलि आइतबार मतदान विहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने, ‘राष्ट्रका लागि एक दिन दुःखकष्ट सहेर भएपनि आफ्नो मत प्रयोग गर्न अपील गर्छु ।’

आयोगका अनुसार भोलि चुनाव हुने क्षेत्रमा ४९ लाख ५६ हजार ९२५ मतदाता छन् भने उनीहरुका लागि ६ हजार ६४२ मतदान केन्द्र तोकिएको छ । पहिलो चरणको चुनावले १३ हजार ५५६ स्थानीय जनप्रतिनिधि चयन गर्नेछ ।

निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ र निश्पक्ष बनाउन सबैलाई अपील समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment