+
+
Shares

हाम्रो पात्रोको निर्वाचन विशेष अपडेट सेवा, सबै सूचना एपमै

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ३० गते ८:२४


३० वैशाख, काठमाडौं । स्थानीय निर्वाचनको हरेक ताजा अपडेट सजिलै सहजै पुग्न सकोस भन्ने उद्देश्यले ‘हाम्रो पात्रो’ले स्थानीय निर्वाचन विशेष नयाँ अपडेट सार्वजनिक गरेको छ ।

स्मार्टफोनमा अटोमेटिक अपडेट नभए अपडेट गरेर अफ्नो क्षेत्रबाट निर्वाचनमा सहभागी सम्पूर्ण राजनीतिक पार्टिको नाम, सहभागी उम्मेद्वारबारे विस्तृत जानकारी तथा मतगणनाका दौरान प्राप्त नजिता तत्काल हेर्न सक्ने हाम्रो पात्रोले जनाएको छ ।

निर्वाचनका समय प्राप्त जरूरी सूचना, सामाचारको सम्प्रेषण तथा महानगरपालिका, उप-महानगरपालिका, नगरपालिका, तथा गाउँपालिकाहरूमा अग्रता लिएका मेयर, उप-मेयर, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षका उम्मेद्वार, राजनीतिक पार्टिहरूको ताजा अवस्था तथा अन्तिम नतिजाबारे हरपलको जानकारी उपलब्ध गराउने जानकारी दिएको छ ।

यसका अलावा जिल्ला अनुसारका दलहरू, दल अनुसारका उम्मेद्वारहरूका विवरण साथै मतदानको अन्तिम नतिजाका कुनै पनि पेजलार्इ आफूलार्इ मनपरेका सामाजिक सञ्जालहरूमा तत्काल सम्प्रेषण गर्न मिल्ने किसिमले तयार पारीएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?