Comments Add Comment

‘बाहुवली’ हिरोसँग फिल्म खेल्न श्रद्धा र दिशाको चर्को डिमाण्ड


विश्वभरमा अहिले चलचित्र ‘बाहुवली २’ले धुम मच्चाइरहेको छ । यो चलचित्रले बक्स अफिसमा सबै रेकर्ड तोडेपछि यसका नायक प्रभासको चर्चा पनि खुबै छ ।

तेलुगु चलचित्रका सुपरस्टार प्रभास आज विश्वभर चर्चित बनेका छन् । उनीसँग चलचित्र खेल्नका लागि बलिउडदेखि विभिन्न प्रान्तका नायिकाहरु लालयित देखिएका छन् ।

तर, बलिउडका यस्ता २ नायिका पनि छन्, जसले प्रभाससँग चलचित्र खेल्न मानेनन् । नायिका श्रद्धा कपुरलाई प्रभासको अपोजिट भूमिकाका लागि अफर गरिएको थियो । ‘साहो’ नामक तेलुगु चलचित्रका लागि प्रभासको नायिकाको रुपमा श्रद्धालाई अफर गरिएको थियो । श्रद्धाले कथावस्तु पनि निकै रुचाएकी थिइन् । तर, उनले यो चलचित्रमा काम गर्नका लागि ८ करोड पारिश्रमिक मागिदिइन् । श्रद्धाको यो डिमाण्ड यसका निर्माताले पुरा गर्न सकेनन् ।

यसपछि, चलचित्रको दोश्रो रोजाइको रुपमा नायिका दिशा पटानी थिइन् । दिसाले पनि चलचित्रमा काम गर्नका लागि ५ करोड पारिश्रमिक मागिदिइन् ।

बलिउडमा खासै सफल हुन नसकेका श्रद्धा र दिशाको हाई डिमाण्डका कारण प्रभाससँग यी दुइले काम गर्न सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment