शनिबार, ४ कार्तिक, २०७४
OnlineKhabar.com

स्थानीय चुनावः प्रचण्डको राजनीतिक सफलता

गोकर्ण भट्ट

जनयुद्ध नयाँ अनुभव थियो प्रचण्डका लागि । रेडबुकदेखि सैन्य रचनासम्मका कुराहरुलाई नेपालको बस्तुगत धरातलका आधारमा सञ्चालन गर्नुपर्ने । तीनतिरबाट भारतसँग घेरिएको, अन्तर्राष्ट्रिय अवस्था प्रतिकूल भएको, आन्तरिक रुपमा सत्तापक्षीय राजा, एमाले र कांग्रेसहरुबीच त्यतिसारो अन्तरविरोध नचुलिएको अवस्था, सानो आकारको संगठन । कैयन् चुनौती थिए ।

तर, प्रचण्डको नेतृत्व, आँट र साहसले शान्तिप्रक्रियासम्म आइपुग्दा माओवादी एउटा प्रमुख र प्रभावकारी शक्तिका रुपमा उदय भयो । प्रचण्डको नेतृत्व देशका लागि अपरिहार्य हुने अवस्था भयो ।

त्यतिबेला गिरिजाप्रसाद कोइराला राजनीतिक मियोका रुपमा स्थापित थियो । एमालेको भूमिका ढुलमुले थियो । उसको आफ्नो एजेण्डा केही थिएन । राजतन्त्र फाल्ने कुरामा समेत एमाले अग्रगामी थिएन । बरु राजतन्त्र स्विकार्दै आएको कांग्रेसले समेत प्रचण्ड नेतृत्वले अगाडि सारेको नारालाई स्वीकार गरेर राजतन्त्र हटाउने निर्णय गरिसकेको थियो ।

अन्ततः ०५२ सालको युद्धको एउटा पहिलो उपलब्धिका रुपमा राजतन्त्र समाप्त भयो । युद्धकालमा कैयन गल्ती भए, एउटा ठूलो मानवीय क्षति भयो । प्रचण्डहरुले त्यसलाई निरन्तरता दिन सकेनन् । युद्ध सम्झौतामा रुपान्तरित भयो । क्रान्तिकारी माक्र्सवादी दृष्टिले यो ठीक थिएन ।

तर, वस्तुगत परिस्थितिका आधारमा हेर्दा  यो त्यतिखेर एउटा उत्तम विकल्प थियो । र, यसले कम्तीमा नेपाली जनताको प्रधान अन्तरविरोध रहेको सामन्तवादको केन्द्रलाई जरैदेखि उखेल्न सफल भयो । यदि प्रचण्ड नेतृत्वमा युद्ध हुँदैनथ्यो भने नेपालमा राजतन्त्र यति चाँडै ढल्ने कल्पना पनि गर्न सकिने थिएन ।

त्यसपछिका दिनमा संसदीय राजनीति सुरु भयो । संसदीय राजनीतिको अनुभव नभएका प्रचण्डहरु । पहिलोपटक सरकारमा जाँदा संसदीय राजनीतिका दाउपेच प्रयोग गर्न सकेनन् उनले । यसको परिणाम दोस्रो संविधान सभाको चुनावमा देखियो । प्रचण्डहरु पहिलोबाट तेस्रो स्थानमा झरे । तर, राजनीतिक रुपमा यो संख्याले खासै अर्थ राखेन । पहिलो संविधान सभाले संविधान जन्माउन सकेको थिएन ।

गोकर्ण भट्ट

प्रचण्डका अगाडि आफ्ना एजेण्डालाई संस्थागत गर्ने, धर्म निरपेक्षता, समावेशी समानुपातिक राज्य संरचना निर्माण गर्ने, सिंहदरबारको शक्ति गाउँमा विकेन्द्रित गर्ने र द्वन्द्वकाललाई एउटा निर्क्यौलमा पुर्‍याउन संविधानको निर्माण र कार्यान्वयन अनिवार्य शर्त थियो । आफू तेस्रो स्थानमा भए पनि उनको भूमिका त्यसपछि पहिलो स्थानको पार्टी नेतृत्वको जस्तै भयो ।

गिरिजाप्रसाद कोइरालाको अवसानपछि प्रचण्डले त्यही राजनीतिक मियोको भूमिका खेले । एमालेको भूमिका त्यो रहेन, न त हुनसक्थ्यो नै । नेपाली कांग्रेसभित्र सुशील कोइरालाले सहयोगी भूमिका निर्वाह गरे । प्रचण्ड प्राथमिक भूमिकामा थिए । ३३ दलको आन्दोलन छोडेर १६ बुँदे सहमतिसँगै उनले संविधान जारी गर्न एउटा अहम् भूमिका निर्वाह गरे । यो प्रचण्डको राजनीतिक जीवनको एउटा मुख्य सफलता थियो ।

संविधान निर्माणदेखि अहिलेसम्म आउँदा प्रचण्डका थुप्रै बिरोधी भए, थुप्रै समर्थक जोडिए । आफ्नै टाढा भए, टाढा भएकाहरु नजिक भए । राजनीतिक रुपमा यति धेरै उतारचढाव सम्भवतः नेपाली राजनीतिको कुनै पनि नेताले भोग्नु परेन होला । यति जटिलता, यति आलोचना, यति समर्थन, यति चर्चा, यति सक्रियता । ४० वर्ष निरन्तर सक्रियता कसैको जीवनमा सामान्य हुन सक्दैन ।

यो निरन्तर सक्रियताको परिणामस्वरुप नै अहिले पहिलोपटक स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । यो निर्वाचन सम्पन्न हुन त्यति सजिलो थिएन । सत्ता सम्हालेदेखि नै प्रचण्डको बिरोधमा निरन्तर एउटा अभियान सञ्चालन भएको थियो । उनले गरेका हरेक कामहरु आलोचित थिए । उनले जति राम्रा काम गर्न खोजे पनि त्यसलाई बदनाम गर्ने, अपब्याख्या गर्ने कामहरु भएका थिए । तर तथ्य र तर्कका अगाडि यी आलोचनाहरु मत्थर हुँदै गए ।

एमालेहरुले एक हप्ताअघिसम्म पनि चुनाव गर्न नसक्ने भनेर सरकारलाई गाली गरिरहेका थिए । तर चुनाव अन्ततः भयो । शान्तिपूर्णरुपमा भयो । सबैले स्वीकार गरेर भयो । कुनै हिंसा भएन । ७३ प्रतिशत जनताले मतदान गरे । यो एउटा ऐतिहासिक निर्वाचन थियो ।

यो अर्थमा प्रचण्डको राजनीतिक जीवन सफल देखिएको छ । निर्वाचनको परिणामले प्रचण्डको कदलाई प्रभावित गर्न सक्दैन । भनिहाले, उनी पहिलो हुन या चौथो, नेपालको राजनीति पछिल्लो २० वर्षमा प्रचण्डको वरिपरि घुमेको छ । उनले हुर्काएको माओवादी स्कूलिङको वरिपरि घुमेको छ । उनका एजेण्डाहरुको वरिपरि घुमेको छ । बीचमा केही मोडहरुमा प्रचण्डले गल्ती गरे, आफ्नैहरुले धोका दिए । उनको यो माओवादी स्कूलचिरा-चिरामा पुग्यो ।

तर, पनि विचलित नभइकन उनले नेतृत्वदायी भूमिका निर्वाह गरे, देशको एउटा जिम्मेवार नेतृत्वका रुपमा ।
माओका रेडबुकका पानाहरु पल्टाउँदै गर्दा प्रचण्डको मनमा एउटा हुटहुटी जाग्थ्यो– नेपालमा पनि यस्तै गर्न पाए ! दुःखी, निमुखा गरिब जनताको पक्षमा क्रान्ति गर्न पाए ।

यही हुटहुटीले चौथो महाधिवेशनमा प्रचण्डको तिख्खर आवाजमा प्रस्तुत हुन पुगे । उनीभन्दा राजनीतिकरुपमा निकै सिनियर मोहनबिक्रमदेखि निर्मल लामाहरुका अगाडि ३५ वर्ष पनि नकटेको युवाले क्रान्तिका कुरा गर्दा नेतृत्वलाई अपाच्य हुनु स्वभाविकै थियो । निर्मल लामाहरु उदारवादी क्रान्तिकारी व्यवहार देखाउँथे । पञ्चायती चुनाव पनि उपयोग गर्नुपर्ने अडानसहित । यता प्रचण्डहरु रेडबुकबाट प्रभावित थिए । क्रान्तिकारी साहित्यका पात्रहरुमा कता कता आफूलाई उभ्याउँथे ।

चौथो महाधिवेशन फुट्यो । मोहनबिक्रम र प्रचण्ड बैद्यहरु एउटा पार्टीमा लागे । तर त्यो पनि बढी टिकेन । शास्त्रीयतावादी मोहनबिक्रमसँग प्रचण्डहरु सहमत हुन सकेनन् । अध्ययनका दृष्टिले र अनुभवका आधारमा मोहनविक्रमहरु अगाडि थिए, भावना र जोशका हिसाबले प्रचण्डहरु । युवा वयको जोश, केही गर्ने हुटहुटी । हुँदाहुँदै ०४२ तिर उनीहरु मोहनविक्रमका किताबी क्रान्तिको प्रयोगशालाबाट अलग भए र मोटो मशाल अन्तर्गत नयाँ जनवादी क्रान्तिको रुपरेखा कोर्न सुरु गरे ।

यो क्रम ०५२ सम्म चल्यो । त्यो बीचमा अहिले प्रचण्डसँगै रहेका नारायणकाजीहरु अलग भए । उनीहरुले पनि क्रान्तिमा होमिने साहस राखेनन् । पुस्तकमा, लेख रचनामा उनीहरुले क्रान्तिका शब्द निकै खर्चिए । तर व्यवहारमा क्रान्तिको जोखिमपूर्ण बाटो उनीहरुले पनि पहिल्याउने आँट गरेनन् । वैद्य थिए, प्रचण्ड थिए, बाबुराम थिए मोहनविक्रमलाई छोडेर आएका । एउटा सानो समूह । बाबुरामले आफूलाई चे ठान्थे ।

यो सानो समूह एकता केन्द्रबाट अलग भएर ०५२ फागुन १ गते युद्धमा होमियो । त्यो निर्णय एउटा भावना र केही नगरी हुन्न भन्ने आँटका साथ शुरु भएको थियो । यसको मुख्य नेतृत्व थिए प्रचण्ड । मुख्य आँट उनकै थियो । उमेरका हिसाबले मुश्किलले ४० कटेका थिए त्यतिबेला प्रचण्ड । ४० वर्षमा एउटा भीषण युद्धको नेतृत्व गर्ने आँट गरेका थिए प्रचण्डले । यो चानचुने कुरा थिएन । ठीक अहिले उत्तर कोरियाका ३५ नकटेका राष्ट्रपतिले अमेरिकालाई थर्काए जस्तै । प्रचण्डको नेतृत्वको युद्धले समेत नेपाल मात्रै होइन, अमेरिकाको सीआईएदेखि भारतको ‘र’ सम्मलाई थर्कमान बनाएको थियो ।

एकातिर मधेसी मोर्चाको आन्दोलन, अर्कोतर्फ प्रमुख प्रतिपक्षीको निरन्तरको आलोचना र असन्तुष्टि । अर्कोतिर नेपाली जनतामा आम जनजीविकाका अपेक्षाहरु । पार्टी निर्माण हुन नसकेको अवस्था । यी सबै चुनौती झेल्दै उनले एउटा सम्मानजनक अवस्थामा पार्टीलाई उभ्याए ।

जनताका बीचमा केही ऐतिहासिक रुपमा नै गणना गर्न मिल्ने कामहरु अघि बढाए । निर्वाचनको माहौल तयार गरे । संविधानको सर्वस्वीकार्यताको जग बसाले । चीन र भारत दुबैसँग समदूरीमा सम्बन्धको नयाँ मियो बनाउन सफल भए । सरकार सञ्चालन गर्दा कतिपय कोणबाट आम दुखी गरिबका लागि विशेष र उल्लेख गर्न नसकिए पनि यसले उनीहरुका पक्षमा, लोककल्याणकारी राज्यका पक्षमा आधार खडा गर्ने काम भने उनले गर्न सफल भए ।

प्रचण्डले केही अन्तर्वार्तामा भनेका छन्– माओवादी स्कूलिङ नै नेपालको राजनीतिक परिवर्तनको मुख्य संवाहक हो । हरेक कालखण्डमा यसले नै नेपाली राजनीतिको गतिलाई धक्का दिने गरेको छ । अहिले निर्वाचनको परिणामको मुखमा आइपुग्दा प्रचण्डको यो भनाई सफल देखिएको छ । समाजको पिँधमा रहेकाहरुका मुद्दा सतहमा देखिएका छन् । वर्षौंदेखिको जड नेपाली सामन्तवादी समाजमा उथलपुथल मच्चिएको छ र यसले निकास खोजिरहेको छ । यो निकास अब भने सामाजिक समतासहितको आर्थिक समृद्धिमा लुकेको छ ।

सैद्धान्तिक रुपमा हेर्दा एकअर्थमा माओवादी जनयुद्द सम्झौतामा टुंगिएर असफल भएको हो । तर विश्वका अन्य असफल क्रान्तिपछि क्रान्तिकारी कि पुरै सिद्धिएका छन्, कि पुरै रुपान्तरित भएका छन् । नेपाल मात्रै एउटा यस्तो देश हो, जहाँ माओवादी क्रान्तिले पूर्णता हासिल गर्न नसकेपछि क्रान्तिकारी एजेण्डाहरुलाई स्थापित गर्न सफल भएको छ ।

नेतृत्व पूरै समर्पणवादी भएको छैन । जनताको आन्दोलनमा पुरै धोका भएको छैन । कम्तिमा राजतन्त्र ढल्नु र संविधानमार्फत सामान्तवादलाई टिकाइराख्ने एकात्मक, धर्मसापेक्ष राज्यको अन्त्य हुनु यो क्रान्तिको उपलब्धि हो । यस्तो विश्वका अन्य देशमा देख्न पाइन्न । यो अर्थमा पनि प्रचण्डको नेतृत्वलाई जस दिनुपर्ने कतिपयले बताउने गरेका छन् ।

अहिले निर्वाचनको परिणाममा प्रचण्ड नेतृत्वको पार्टीले दोस्रो संविधानसभा भन्दा राम्रो मत प्राप्त गरेको छ । कतिपय अवस्थामा उनको पार्टीको पक्षमा लहर चल्न सकेन । यसका पछाडि कैयन् आन्तरिक र बाह्य कारणहरु होलान् । तर पनि निर्वाचन सफल हुनु, देशमा संविधान कार्यान्वयन हुनु, आर्थिक समृद्धिको आधार तयार हुनु, आर्थिक बृद्धि र सुसासनको अनुभूति हुनु नै प्रचण्ड नेतृत्वको सफलता हो । उनको ४० वर्षीय राजनीतिको सफलता हो ।

घुमाउरो बाटो भएपनि अबको बाँकी १० वर्ष प्रचण्डले फेरि ०५२ का पूरा हुन नसकेको एजेण्डाहरुतर्फ फर्किन सके, आम गरिब निमुखा जनताका पक्षमा राज्यसत्तालाई उपयोग गर्न लोककल्याणकारी राज्यको जग बसाल्न सके, सर्वाहारा अधिनायकत्व सम्भव नभएपनि लोककल्याणकारी समाजवादी राज्य निर्माणका लागि योगदान दिन सके उनी पूर्णरुपमा सफल राजनीतिज्ञ हुनेछन् ।

२०७४ जेठ २ गते १५:५२ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

२९ प्रतिकृयाहरू प्राप्त
  • Dammer लेख्नुहुन्छ    |   २०७४ जेठ २ गते १६:१७

    kamred prachand lai Laal salam

    60
    10
    Share

  • Balaram लेख्नुहुन्छ    |   २०७४ जेठ २ गते १६:२८

    Sthaniya chunabbata ta jhan maobadi pattasaf hunchha bhnneharu ahile adhyaroma basera roiraheka holan.harepani,jitepani jati mat ayako chha,ti matdatako bichma sadhai pugna sake,maobadilai kasaile,kahilyai harauna sakdaina.

    39
    3
    Share

  • KB Bhandari Rukum लेख्नुहुन्छ    |   २०७४ जेठ २ गते १६:३१

    I obiviously agree your writing…sir..Mr.prachanda is really one unique person for Nepal there are so many right works are done by prachanda but without objectives from the observing method you are right but throughly it can t accept …..because it is possible without killing all more than 15000 local people of Nepal and recently braindrain is our motto like me youths and modern china and India were also just like as Nepal before 2046BC but now where they are ?what are they doing???…In human crisis you know how many people die and no any setup for them…in this way …thanks…

    26
    10
    Share

  • Nawaraj लेख्नुहुन्छ    |   २०७४ जेठ २ गते १६:३५

    Sahi Bislesan Gokarna Ji Ko

    30
    7
    Share

  • Chetan pant लेख्नुहुन्छ    |   २०७४ जेठ २ गते १६:३६

    My vote goes to you

    24
    8
    Share

  • tapan upreti लेख्नुहुन्छ    |   २०७४ जेठ २ गते १८:१२

    People across Nepal are to realized the very reality of revolution triggered by prachanda

    25
    9
    Share

  • Mukhale लेख्नुहुन्छ    |   २०७४ जेठ २ गते १८:२०

    AGGREED_अहिले निर्वाचनको परिणाममा प्रचण्ड नेतृत्वको पार्टीले दोस्रो संविधानसभा भन्दा राम्रो मत प्राप्त गरेको छ । कतिपय अवस्थामा उनको पार्टीको पक्षमा लहर चल्न सकेन । यसका पछाडि कैयन् आन्तरिक र बाह्य कारणहरु होलान् । तर पनि निर्वाचन सफल हुनु, देशमा संविधान कार्यान्वयन हुनु, आर्थिक समृद्धिको आधार तयार हुनु, आर्थिक बृद्धि र सुसासनको अनुभूति हुनु नै प्रचण्ड नेतृत्वको सफलता हो । उनको ४० वर्षीय राजनीतिको सफलता हो ।

    52
    8
    Share

  • bidya लेख्नुहुन्छ    |   २०७४ जेठ २ गते १९:००

    Bides ma basera news padera matrai rajnitik bislesan nagarekai bes …hola ..prachanda KO bhumika ahile KO context ma Nepal ma thulo xa …

    15
    1
    Share

  • mohan लेख्नुहुन्छ    |   २०७४ जेठ २ गते १९:३४

    right thought

    16
    1
    Share

  • Jitendra Tharu लेख्नुहुन्छ    |   २०७४ जेठ २ गते २१:४५

    Maobadiko jeet bhaneko Nepal ra Nepaliko haar ho!Aadibasi janajatiko maulik dharma sanskritiko pani haar ho! Maobsdiko jeet bhaneko Christian dalalharu ra EU,UN tatha US ko jeet ho!

    9
    35
    Share

  • ANIL लेख्नुहुन्छ    |   २०७४ जेठ २ गते २२:३३

    YO VANYE KO TITO SHATYA HO

    17
    2
    Share

  • Anil लेख्नुहुन्छ    |   २०७४ जेठ २ गते २२:३६

    yo vanyeko tito shatye ho

    9
    2
    Share

  • देवशन राई लेख्नुहुन्छ    |   २०७४ जेठ ३ गते ०:४१

    बास्तब मा अहिले प्रचण्डले जुन परिस्थितिमा स्थानीय तहको चुनाव गर्न सफल भए र मैले जे सोँचेको देखेको थिएँ त्यही भनाई हरु तपाईंको लेखमा पढ्न पाउँदा मलाई साँच्चै तपाईंको विश्लेषण र लेख प्रती गर्व लागेको छ ।

    33
    3
    Share

  • देवराज जोशी लेख्नुहुन्छ    |   २०७४ जेठ ३ गते १०:०५

    सम्पूर्ण निर्वाचन हरु सम्पन्न भएर मुलुकले आर्थिक विकासको गति लिन सक्योभने बल्ल प्रचण्डको सही अर्थमा सफलता ठहर्ने छ |

    28
    0
    Share

  • Sujan लेख्नुहुन्छ    |   २०७४ जेठ ३ गते ११:२८

    I agreed

    12
    1
    Share

  • प्रकाश_द_बोस लेख्नुहुन्छ    |   २०७४ जेठ ३ गते ११:३६

    बास्तवमै भन्ने हो भने आज नेपाली राजनितिमा जे जे कुरा स्थापीत भएको छ
    अधिका‌ंश त्यो माओवादी र सशष्त्र युद्धकै देन हो । तर माओवादी शान्ति प्रकृयामा आएपछी जुन राजनितिक विचलन र विलासीता देखियो अनि युद्धमा खट्ने र लड्ने लाई वेवास्ता तथा पछि आएर जोडिनेलाई काखी च्याप्ने प्रवृित्त हावी भयो अनि धेरै मान्छे पार्टी र नेतृत्व प्रति निराश भए ।
    राजतन्त्र हटाएर सामन्तवादको जरा उखेलीयो त भनियो तर राष्ट्रिय एकता कायम गर्न नसक्नाले राष्ट्र र राष्ट्रवाद अत्यन्तै कमजोर भयो जसलेगर्दा विदेशी राजदुत र कुटनितिज्ञले सरकार र प्रशासन चलाउन थाले यसको जसअपजस पनि माओवादीलाई नै जान्छ ।

    23
    7
    Share

  • prem suar लेख्नुहुन्छ    |   २०७४ जेठ ३ गते १२:२०

    yo saty kura lekhne ra xapne aru kunai media nepalma bhai diy kamsekam kasaiko athak shanghrasako samman hune thiyo , giriha babu paxika prachanda nai yi deshko khamba neta hun bhanne kurama duimat xaina yo lekhaklai sadhubad ani prachandaharulai badhai

    10
    1
    Share

  • Yagya लेख्नुहुन्छ    |   २०७४ जेठ ३ गते १२:४७

    The one and only leader of nepal. No matter whoever wins the election. He is the one who always remains at the centre of nepal politics.

    19
    2
    Share

  • kg लेख्नुहुन्छ    |   २०७४ जेठ ३ गते २१:०३

    ramro lekh. Prachanda le ramro kaam garna chahiraheko janta le bujheka chan… yestai gardai jaoon, maobadi lai feri pratham banauna lagi parne chan nepali.. thau thau ma galti nagareka bhaye ajha kunai neta le chune thiyenan prachanda lai.. k garchas mangale, afnai dhanga le

    4
    1
    Share

  • ramita koirala लेख्नुहुन्छ    |   २०७४ जेठ ४ गते ७:३७

    प्रचण्डलाई नै पुजेर बस न, प्रचण्डले किन र कस्का लागि जनयुद्ध गरेको रहेछ घाम झै छर्लङ्ग

    4
    11
    Share

  • DN Sherpa लेख्नुहुन्छ    |   २०७४ जेठ ४ गते ८:३१

    तपाईको लेख पढी रहदा 10 बषेॅ युद् का क़ममा मेरै घर वरीपरीका 30/40 घरपरिवार को याद आयो जो युद् मा ज्यान घुमाएका थिए । पचण्डले सबै गलत गरे त म भदिन्न तर तपाईले भनेको जस्तो सवै रामो पक्कै गरेको होइन ।
    माथी भनेका परिवारका बच्चाहरू आज टुहुरा मात्र भएन्न स्कुल जान पाएका छैन । खानका लागि ती एक्ली आमासंगै श्रम गछॅ । कति लडाकु खाडीमा छन ।
    हिजो पाटीलाई सम्पति सुम्पेका नेताहरूको महल आज कहाबाट बन्ने ?
    आज छोरीलाई मेयर बनाउन हिजो पमुख सत्रु पाटी कांगेससंग सहकायॅ गनॅ पदान ठानेको छ । होइन भने खोइ त सवै ठाऊमा सहकायॅ ?
    तपाईले भनेको जस्तो माओको पक्ष खोई चुनाबको मत पणिनाम? आज जति जितेको छ पश्चिमबाट छ तर युदृ फल हुन पुवको कारणले पनि भएको हो । तर आज पुबॅका जनजाति पचण्डदेखि रुष्ट छन ।जहा चुनाब हुन बाकी छ ।
    जनजातोलाई उचालेर आफ्नो राजनितीक अनिष्ट पुरा गनेॅ पचण्डको दिन गए अब ।
    जसको नतिजा अव हुने चुनावमा स्पष्ट हुनेछ ।

    4
    8
    Share

  • budros limbu लेख्नुहुन्छ    |   २०७४ जेठ ४ गते १२:१२

    घुमाउरो बाटो भएपनि अबको बाँकी १० वर्ष प्रचण्डले फेरि ०५२ का पूरा हुन नसकेको एजेण्डाहरुतर्फ फर्किन सके, आम गरिब निमुखा जनताका पक्षमा राज्यसत्तालाई उपयोग गर्न लोककल्याणकारी राज्यको जग बसाल्न सके, सर्वाहारा अधिनायकत्व सम्भव नभएपनि लोककल्याणकारी समाजवादी राज्य निर्माणका लागि योगदान दिन सके उनी पूर्णरुपमा सफल राजनीतिज्ञ हुनेछन् ।

    6
    1
    Share

  • राजन खड्का लेख्नुहुन्छ    |   २०७४ जेठ ४ गते १५:०८

    वास्तविक यही हो 2052 देखि नेपालीको राजनीति प्रचण्ड काे नेतृत्वमा चलेको छ। अब सत्तामा होइन पार्टी सुधारमा लागे फेरि पनि प्रचण्ड कै नेतृत्वमा नेपालीको राजनीति चल्नेछ ।

    6
    1
    Share

  • Sanjiv Shrestha लेख्नुहुन्छ    |   २०७४ जेठ ४ गते १६:०८

    Sabai agendaharu maobadika nai hun bhane, maobadi chunabma kasari haare. baru aafno kunai agenda lagu garna nasakeka khali arukai agenda bokera hindeka uml ra congress le nai hareko xa. bhabi pustale yesko mulyankan abasya garnexa.

    2
    1
    Share

  • T N Gautam लेख्नुहुन्छ    |   २०७४ जेठ ४ गते १६:२८

    राम्रो दृष्टिकोण राख्नुभएको छ भट्ट जी ले । म पनि वाहाको पक्षमा वकालत गर्दछु तर माओबादी केन्द्रमा सुधारको अति आवश्यक रहेको छ यदि उनिहरूका सैद्धान्तिक मुद्दालाई जनब्यवहारमा प्रयोग गर्नु छ भने ।

    7
    0
    Share

  • chyangba tamang लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते ६:११

    यो लेखप्रती मेरो पुर्ण सहमती र गर्व लाग्यो।गहकिला बिषय बस्तुलाइ सामन्य ढंगले सबैले बुझ्ने गरि लेख्नु नै लेखकको खुबी हो।धन्यवाद लेखक मित्रलाइ ।यो लेख को प्रतिक्रिया मा असहमत राख्ने केही ब्याक्तीहरु बिशेश गरि मंगोलियन जाती जनजातिहरु कि त राजनीतिका कुरै नगर होइन भने भ्रम छर्ने कोसिस पनि नगरे हुन्छ ।लेख पुर्णरुपमा सत्यतथ्यमा आधारित बर्तमान समयसपेक्षता अनुसारको छ

    6
    0
    Share

  • sal Bahadur Budha लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १५:३२

    बास्तवमै भन्ने हो भने आज नेपाली राजनितिमा जे जे कुरा स्थापीत भएको छ
    अधिका‌ंश त्यो माओवादी र सशष्त्र युद्धकै देन हो । तर माओवादी शान्ति प्रकृयामा आएपछी जुन राजनितिक विचलन र विलासीता देखियो अनि युद्धमा खट्ने र लड्ने लाई वेवास्ता तथा पछि आएर जोडिनेलाई काखी च्याप्ने प्रवृित्त हावी भयो अनि धेरै मान्छे पार्टी र नेतृत्व प्रति निराश भए ।
    राजतन्त्र हटाएर सामन्तवादको जरा उखेलीयो त भनियो तर राष्ट्रिय एकता कायम गर्न नसक्नाले राष्ट्र र राष्ट्रवाद अत्यन्तै कमजोर भयो जसलेगर्दा विदेशी राजदुत र कुटनितिज्ञले सरकार र प्रशासन चलाउन थाले यसको जसअपजस पनि माओवादीलाई नै जान्छ । तेस करण अबका दिनमा एक पटक पुनह देश जनता र समाजलाई परिवर्तन गर्नक लागि जनयुद्धको जुन महान आदर्श र बलिदनी लाई सम्मन गर्न सके फेरी एक अर्को सफलताको बाटो हुने देखिन्छ ।

    5
    0
    Share

  • कुलराज लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते २१:५१

    प्रचण्डका भाटहरूले जति प्रसस्ति गाए पनि जिउदै मान्छे रूखमा झुन्ड्यायर हात खुट्टा काट्दै अाँखा झिक्दै हत्या गर्ने हत्याराहरू हाम्रा हुनै सक्दैनन , भाटहरूलाइ चेतना छ कि छैन ?

    1
    6
    Share

  • Hari Khanal लेख्नुहुन्छ    |   २०७४ जेठ ६ गते ७:००

    लेखकले प्रस्तुत गरेका कतिपय शव्दांशहरू उचित छन् । प्रचण्डकै एजेण्डाले जितेको पनि हो तर जनवादी गणतन्त्रका लागि लडेको लडाइँ यो पुजिवादी विसर्जनमा अाइपुग्नु कतिको उचित हो लेखकको बुर्जुवा चिन्तनमा सही भएपनि कम्युनिष्टहरूको विचारमा सही नहुन सक्छ । यति नै उपलव्धिका लागि त्यति ठूलाे धनजनकाे क्षति हुने किसिमको जनयुद्ध अावश्यक थियो कि थिएन ?सिंहदरवारको अधिकार घरदैलोमा पुर्‍याउन राजतन्त्र बाधक थियो भन्ने ठाउँ पनि छैन किनभने २०४६ सालपछि राजतन्त्र दाह्रा नङ्ग्रा झिकेको सिंहजस्तै थियो । अहिलेको जति उपलब्धि प्राप्त गर्न जनयुद्धमा लगाएको मेहनत र प्रयत्न शान्तिपूर्ण रुपमा लगाएको भएपनि हुन्थ्यो । शक्ति केन्द्र र आदेशबाहक विदेशी हन थालेको परिप्रेक्ष्यमा यसबाट अलग हन नसके अहिलेको उपलव्धि विस्तारवादको चकलेटी उपहार मात्र सावित हन सक्छ । यस कुरामा प्रचण्डको स्पष्ट दिशावोध हुनु जरुरी छ ।

    1
    2
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this