+
+
Shares

परराष्ट्र नीतिलाई राजनीतिक स्वार्थ अनुकूल प्रयोग गर्दा देशलाई घाटाः परराष्ट्रमन्त्री महत

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ५ गते १८:४८

५ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री डा. प्रकाश शरण महतले राष्ट्रिय स्वार्थलाई ध्यान दिँदै दुई ठूला छिमेकी भारत र चीनबाट लाभ लिन सरकार संवेदनशील रहेको बताएका छन् ।

पूर्व राजदूतहरुको संस्था ‘एसोसिएसन अफ फर्मर क्यारियर राजदूत अफ नेपाल’ ले आयोजना गरेको अन्तर्क्रियामा मन्त्री महतले विगतदेखि नै परराष्ट्र नीतिलाई आफ्नो राजनीतिक स्वार्थ अनुकूल प्रयोग गर्दा छिमेकी देशहरुको समृद्धिबाट लाभ लिन नसकिएको टिप्पणी गरे ।

मन्त्री महतले नेपालले हालै चीनको वान बेल्ट वान रोड आयोजनामा हस्ताक्षर गरेको सन्दर्भ जोड्दै यसले नेपालको आर्थिक विकासमा सघाउ पुग्ने अपेक्षा व्यक्त गरे ।

उनले आफू परराष्ट्रमन्त्री भएपछि भारतसँगको सम्बन्ध सुधारका साथै विभिन्न सन्धि र सम्झौतामा नेपालले पाउनुपर्ने सुविधा र सहुलियतका बारेमा पटकपटक कूटनीतिक टेबलमा कुरा राखेको दाबी पनि गरे । तीमध्ये कैयौं काम पूरा भए पनि सकारात्मक कामभन्दा सडकमा गरिने विरोधले चर्चा पाउने गरेको भन्दै उनले गुनासो गरे ।

मन्त्री महतले नेपाल सरकारले परराष्ट्र नीतिमा राष्ट्रिय सहमति र स्वार्थका आधारमा समयानुकुल र सर्वस्वीकृत रुपमा परिमार्जन गर्न लागेकोले त्यसमा सहयोग गर्न पूर्व राजदूतहरुलाई आग्रह समेत गरे ।

अन्तर्क्रियामा पूर्व राजदूतहरुले जुनसुकै सरकार आए पनि परिवर्तन नहुने र राष्ट्रिय सहमतिको दस्तावेजका रुपमा रहने परराष्ट्र नीति बन्नुपर्ने सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?