९ जेठ, ललितपुर । ललितपुर महानगरपालिकाको मत गणना स्थगित भएको छ । एमालेले निर्वाचन आयोगमा उजुरी दिएपछि गणना स्थगित भएको हो ।
एमालेका मेयर उम्मेदवार हरिकृष्ण ब्यन्जनकारले वडा नम्बर ४, ९ र २६ को मतगणनाको परिणाम जोड्ने क्रममा गणकले जालझेल गरेको भन्दै निर्वाचन आयोगमा उजुरी दिएका थिए । उनले तीन वडामा पुनः मतगणना माग गर्दै निर्वाचन अधिकृत समक्ष उजुरी दिँदा सुनुवाई नभएको भन्दै आयोगमै उजुरी दिएका हुन् ।
मुख्य निर्वाचन अधिकृतले भने गणनामा विवादमा परेका कर्मचारी सुरेश थापालाई निश्कासन गरेका छन् । तर, पुनः मतगणना नहुने बताएकाले आयोगमा जानुपरेको व्यन्जनकारले बताए ।
ललितपुरमा अब २९ वडाको मात्र गणना हुन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4