१२ जेठ, राजविराज । अविरल वर्षासँगै चट्याङ पर्दा सप्तरीमा बिहीबार साँझ एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका–४ बस्ने ४० वर्षीय सुरेन मुखिया रहेको इलाका प्रहरी कार्यालय, हनुमाननगरले जनाएको छ ।
उनलाई घर नजिकै रहेको मकैबारीमा मकै हेर्न जाँदा चट्याङ लागेको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4