Comments Add Comment

निर्वाचन सुरक्षाका लागि नेपाल-भारत सीमा सुरक्षा बैठक

४८ घण्टा नेपाल-भारत सीमा शिल गर्ने तयारी

१२ जेठ, नेपालगन्ज । यही जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तहको चुनावलाई ध्यानमा राखी नेपाल-भारत सीमा सुरक्षा बैठक बाँकेको नेपालगञ्जमा भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेको आयोजनामा भएको बैठकमा नेपालतर्फबाट बाँके, बर्दिया र दाङका प्रमुख जिल्ला अधिकारी तथा भारततर्फबाट बहराइच र श्रावस्तीका सुरक्षा अधिकारीहरु सहभागि भएका छन ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थका अनुसार, बैठकमा आसन्न स्थानीयतहको निर्वाचनलाई हुने सुरक्षा चुनौति विरुद्ध भारतीय सुरक्षाको साथ खोजिने छ ।

निर्वाचनका क्रममा खुला सीमानाका कारण सुरक्षा चुनौति बढ्ने गरेको छ । त्यसलाई दृष्टिगत गरी मतदानको ४८ घण्टा अगाडी नेपाल-भारत सीमाना शिल गर्ने तयारी गरिएको छ ।

बैठकमा सहभागी हुन जाँदै नेपाल र भारतका प्रतिनिधीहरू

सीमामा हुने अपराधिक घटना न्यूनिकरण नै मुख्य एजेण्डा भएको आजको बैठकमा लागु पदार्थको अवैध कारोबारदेखि मानव बेचविखन तथा ओसारपोसारका घटना न्यूनिकरणको बिषयले पनि प्रवेश पाउने छ ।

जारी बैठकमा बाँकेका प्रमुख निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिश तेजनारायण पौडेल, बर्दियाका प्रमुख जिल्ला अधिकारी बिष्णु थापा, दाङका प्रमुख जिल्ला अधिकारी मेघनाथ काप\mले, भारत बहराइचका डिएम अजयदिप सिंह र श्रावस्ती जिल्लाका डिएम दिपक मिन्हालगायत उच्च सुरक्षा निकायका अधिकारीहरुको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment