+
+
Shares

चुनाव मिति सरेपछि राजपाको प्रतिक्रिया– माग पूरा भए मात्रै भाग लिन्छौं

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ १६ गते ६:५१

१६ जेठ, काठमाडौं । चुनाव सार्ने सरकारी निर्णयलाई राजपाले सकारात्मक प्रतिक्रिया दिएको छ ।

राजपाका अध्यक्ष मण्डलका सदस्य अनिल झाले चुनाव सार्ने सरकारी निर्णय सकारात्मक भएको बताए ।

उनले भने, ‘चुनाव मिति सार्ने सरकारको निर्णस सकारात्मक छ । यो निर्णयसँगसँगै संविधान संशोधन र स्थानीय तहको संख्या वृद्धिको माग पनि सम्बोधन भएमा हामी चुनावमा जाने बाटो खुल्छ ।’

चुनाव सार्ने निर्णयपछि राजपाले यसअघि घोषणा गरेको आन्दोलनका कार्यक्रम पुनरावलोकन हुने या स्थगित हुन सक्ने उनले बताए । ‘अब आन्दोलनका कार्यक्रम पुनरावलोकन हुन सक्छ या स्थगित पनि हुन सक्छ,’ झाले भने ।

राजपाका दोस्रो तहका नेता मनीष सुमनले भने सरकारी निर्णय राजपाका लागि हर्ष न बिस्मात् भएको प्रतिक्रिया दिए । ‘हाम्रो माग संविधान संशोधन, जनसंख्याका आधारमा स्थानीय तहको वृद्धि गर्नुपर्छ भन्ने हो । यो माग पूरा नभएसम्म चुनाव मिति सार्नु न हर्ष न बिस्मात हो,’ उनले भने । आजको नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?