+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ १९ गते १७:३९

१९ जेठ, काठमाडौं । आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

कर फछर्यौट आयोगमार्फत भएको निर्णयबारे सोधपुछ गर्न अख्तियारले महानिर्देशक शर्मालाई शुक्रबार बोलाएको थियो । त्यही क्रममा उनी पक्राउ परेको अख्तियार स्रोतले जनाएको छ ।

विभिन्न फर्मलाई अर्बौं रुपैयाँ छुट दिएको पाइएपछि अख्तियारले शर्मामाथि अनुसन्धान गरिरहेको छ ।

के हो कर फछ्र्यौट प्रकरण ?

सरकारले दुई वर्षअघि लम्बुध्वज महतको संयोजकत्वमा उमेशप्रसाद ढकाल र शर्मा सदस्य रहेको कर फछ्र्यौट आयोग बनाएको थियो । यो आयोगमा १ हजार ७२६ निवेदन परेको थियो, जसमध्ये १ हजार ६९ उजुरीमाथि कारबाही गरी कर बक्यौता मिनाहा दिने निर्णय गरेको थियो ।

३० अर्ब ५२ करोड बराबरको निवेदन फछर्यौट गर्ने क्रममा आयोगले ९ अर्ब ५४ करोड तिर्न लगाएर २० अर्ब बढी बक्यौता मिनाहा गरेको थियो ।

महालेखा परीक्षकको कार्यालयले यसमा प्रश्न उठाएको थियो । उक्त बक्यौता विवादित भएर पुनरावलोकन वा मुद्दामा गएको नभई करदाताले अटेर गरेर नबुझाएको रकम भएको महालेखाले बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?