Comments Add Comment

१६ जुलाई अब ‘कट्रिना दिवस’: सलमान


बलिउडमा सम्बन्ध टुट्न र जोडिन खासै समय लाग्दैन । ब्रेकअपपछि बोलचाल बन्द गरेर बसेका सलमान खान र कट्रिना कैफ अहिले यति नजिक भएका छन् । एक महिना पछि आउने कटि्रनाको जन्मदिन मनाउन सलमानलाई निकै हतार भैसकेको छ ।

१६ जुलाईमा कट्रिना ३४ वर्ष लाग्ने भएकी छिन् भने यसपाली उनले जन्मदिन अमेरिकाको न्युयोर्कमा मनाउने भएकी छिन् । न्युयोर्क इन्टरनेशनल इण्डियल फिल्म एकेडमी (आइआइएफए) मा सहभागी हुने तयारीमा रहेकी कट्रिनाले जन्मदिन त्यही मनाउने भएकी छिन् ।

उनले फिल्म फेष्टिभलमा सहभागी हुने सन्दर्भमा कुरा गर्दै भनिन्-‘यसपाली मेरो जन्मदिन पनि न्युयोर्कमा मनाउँछु, जुन मलाई मन पर्ने शहर पनि हो ।’ कट्रिनाको कुरामा सहि थाप्दै सलमानले भने- अब १६ जुलाईलाई कट्रिना दिवस भन्नुपर्छ । सिंगै अमेरिकाले कट्रिनाको जन्मदिन मनाउँछ ।’ सलमानको कुरा सुनेपछि कट्रिनाले हाँसेर हो हो भनिन् ।

पाँच वर्ष अघि कट्रिना आइफामा सहभागी भएकी थिइन् । यसपालीको सहभागीतालाई उनले आफ्नो लागि महत्वपूर्ण अवसर भएको टिप्पणी गरेकी छिन् ।

सलमान खानको साथमा ‘टाइगर जिन्दा हे’को सुटिङमा व्यस्त कट्रिनाले सलमानसँग काम गर्दा निकै रमाइलो हुने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment