+
+
Shares

देउवाको सत्तारोहण लम्बियो, संसद बैठक मंगलबारलाई सर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २१ गते १५:१९

२१ जेठ, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेको आग्रहमा व्यवस्थापिका संसदको बैठक पर्सि मंगलबारसम्मका लागि स्थगित भएको छ । यससँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सत्तारोहण लम्बिएको छ ।

सहमतिको प्रयासका लागि भन्दै सभामुख ओनसरी घर्ती मगरले संसद बैठक पर्सिसम्मका लागि स्थगित गरेकी हुन् ।

त्यसअघि सभामुखकै आहृवानमा तीन दलका शीर्ष नेताहरुको बैठक बसेको थियो । उक्त बैठकमा एमाले नेताहरुले सहमतिको प्रयासका लागि भन्दै संसद बैठक मंगलबारलाई सार्ने प्रस्ताव गरेको थिए ।

संसदको बैठक विहान ११ बजे बोलाइएको थियो । र, प्रधानमन्त्रीको निर्वाचन गर्ने कार्यसूचि थियो । तर, एमालेले अवरोध जारी राख्ने बताएपछि ३ बजेलाई सारेर शीर्ष नेताहरुको बैठक बोलाइएको थियो ।

अब सूचना टाासेर संसद बैठक पर्सि १ बजेका लागि सारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?