Comments Add Comment

नेपालको सीमा क्षेत्रमा रक्सी नबेच्न भारतको आग्रह

स्थानीय चुनावमा सीमाना सील गर्ने नेपालको प्रस्ताव

फाइल फोटो

२५ जेठ, सप्तरी। भारतको बिहार राज्यअन्तर्गत बिभिन्न जिल्लाका प्रशासकहरुले रक्सी नियन्त्रणमा सहयोग गर्न नेपाली प्रशासकसमक्ष आग्रह गरेका छन् । उनीहरुले नेपालतर्फको सीमानामा रक्सी पसलहरु नराख्न आग्रह गरेका छन् ।

सीमावर्ती दुबै देशका प्रशासकहरुबीच बुधबार बिहारको सुपौलमा भएको सुरक्षासम्बन्धी बैठकमा उनीहरुले यस्तो आग्रह गरेका हुन् । भारतीय प्रशासकहरुले बिहारमा रक्सीमा बन्देज लगाइएपछि नेपालीहरुले सीमामै पसल थापेकाले पिउनेहरुका लागि सहज भएको बताए ।

‘उनीहरुले सीमादेखि कम्तिमा आधा किलोमिटरसम्म रक्सीको पसल नराख्न आग्रह गरेका छन्’ बैठकमा सहभागी सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वालले भने, “हामीले यसबारेमा सकारात्मक जवाफ दिएका छौं ।”

बिहार सरकारले आफ्नो राज्यमा रक्सीमाथि प्रतिबन्ध लगाएको छ । पारि प्रतिबन्ध लागेपछि बिहारीहरु रक्सी खान नेपालतर्फ आउने गरेका छन् ।

बैठकमा नेपालका तर्फबाट सप्तरीसहित सुनसरी, मोरङ, झापा तथा भारतको तर्फबाट बिहार राज्य अन्तर्गत सुपौल, किसनगञ्ज र अररिया जिल्लाका सुरक्षा अधिकारीहरुको सहभागिता थियो

बैठकमा सीमाको प्रयोग गरेर हुने चोरी, तस्करी, हातहतियारसहितका बिषयमा छलफल भएको बताउँदै कट्वालले दुबै देशका सुरक्षा अधिकारी यसमा सकारात्मक रहेको बताए ।

यस्तै बैठकमा नेपालमा हनु गइरहेको स्थानीय निर्वाचनको समयमा सीमा सिल गर्ने सम्बन्धमा पनि छलफल भएको उनले बताए ।

बैठकमा नेपालका तर्फबाट सप्तरीसहित सुनसरी, मोरङ, झापा तथा भारतको तर्फबाट बिहार राज्य अन्तर्गत सुपौल, किसनगञ्ज र अररिया जिल्लाका सुरक्षा अधिकारीहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment