Comments Add Comment

मतपत्र सुरक्षामा ढाडे बिरालो !

२६ जेठ, काठमाडौं । भरतपुर महानगरपालिकाको मतपत्र सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । तर, त्यतिले नपुगेर ढाडे बिरालोलाई समेत मतपत्र सुरक्षामा प्रयोग गरिएको छ ।

भरतपुरस्थित कभर्ड हलभित्र राखिएको मतपत्रलाई मुसाबाट जोगाउनका लागि दुईवटा ढाडे बिरालो राखिएको हो । महानगरको मतगणना भएको कभर्डहल भवनबाहिर प्रहरीले निरन्तर सुरक्षा दिइरहेका छन् । तर, भवनभित्र रहेका मतपत्रलाई जोगाउन बिरालाले सहयोग गरिरहेको आजको राजधानी दैनिकमा खबर छ ।

बिरालाकै कारण मुसाबाट मतपत्र सुरक्षित भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख दीपक थापाले बताए । बिरालाले मुसा आउन नदिएपछि ढुक्क भएको उनको भनाइ छ ।

मतपत्र गणना गर्ने क्रममा प्रयोग भएको कपडा, कागजी मतपत्र र गणना हुन बाँकी मतपत्र रहेको पेटिकालाई कपडाले घेरिएर राखेको छ । २९ वडाको मतपत्र, लामो समयसम्म लगाएर गणना गर्दा गणक बसेका कपडा लगायतका सामग्री हलभित्र छन् ।

मतपत्र च्यातिएपछि स्थगित भएको गणनास्थल मुचुल्का उठाउन र च्यातिएको संख्या गणना गर्न एक दिन एकै छिन खोजिए पनि भवन खुला भएको छैन । भवनको मूल गेटमा ताला लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment