Comments Add Comment

एनसेलका दुई पहल जिएसएमए एसिया मोबाइल अवार्डका अन्तिम सूचीमा

२८ जेठ, काठमाडौं । देशकै अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ग्रामिण क्षेत्रमा विद्युत, दूरसञ्चार र पानीको उपलब्धता सुनिश्चित गर्दै समुदायमा नयाँ अवसरहरु सृजना गर्ने उद्देश्य लिई संचालन गरेका दुई परियोजनाहरु जिएसएम एसोशियसन (जिएसएमए) को प्रतिष्ठित एसिया मोबाइल अवार्डस् २०१७ को अन्तिम सूचीमा छनौट भएका छन् ।

जिएसएमए विश्वभरका जिएसएम मोवाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन हो र एसिया मोबाइल अवार्डस्मा एशियाली महादेशका सेवा प्रदायकले संचालन गरेका नवीन प्रविधि तथा उदाहरणीय सामाजिक परियोजनाहरु मध्येबाट उत्कृष्ट ठहर भएका प्रयासहरुलाई सम्मान गरिन्छ ।

हालै मात्र जिएसएमएले एसिया मोबाइल अवार्डस् २०१७ को अन्तिम सूचीमा छनौट भएका प्रयास तथा तिनका संचालक कम्पनीको नाम सार्वजनिक गरेको छ, जसका अनुसार एनसेलका २ वटा प्रोजेक्टहरु जिएसएमएको ‘सामाजिक तथा आर्थिक विकास’ विधा अन्र्तगतका दुई फरक अवार्डका लागि अन्तिम सूचीमा परेका छन् । यहि असार १४ गते चीनको संघाईमा हुन गईरहेको एसियन मोबाइल अवार्डस् २०१७ को विशेष कार्यक्रममा विजेता घोषणा गरी अवार्ड प्रदान गरिने जिएसएमएले जनाएको छ ।

राष्ट्रिय विद्युत प्रशारण लाइन नपुगेका खोटाङ्ग र उदयपुर जिल्लाका ग्रामिण समुदायहरुमा सौर्य लघुगि्रडलाई प्रबर्द्धन गर्दै स्थानियवासीलाई उर्जा र मोवाइल सेवा सुनिश्चित गर्न एनसेलले घामपावर नेपाल प्रा.लिसँग मिलेर गरेको प्रयास जिएसएमएको ‘बेस्ट मोबाइल इनोभेसन फर इमर्जिङ्ग मार्केट्स’ अवार्डका लागि मनोनित भएको छ । यो प्रयास अन्र्तगत, एनसेलले घाम पावर नेपालसँगको सहकार्यमा ३ वटा सौर्य लघुगि्रडहरुको आर्थिक संभाव्यता सुनिश्चित गर्दै उत्पादित सौर्य उर्जामा समुदायको पहुँचलाई संयुक्तरुपमा प्रवर्धन गरिरहेको छ, जसलेउक्त समुदायहरुमा नयाँ आर्थिक तथा सामाजिक लाभका अवसरहरुको सिर्जना गर्न मद्दत पुर्याएको छ ।

यसैगरी¸एनसेलले आफ्नो व्यावसायिक सामाजिक दायित्व अन्तर्गत संचालन गरेको वाटर फर एगि्रकल्चर लाइभलिहुड परियोजना ‘आउटस्ट्यान्डिङ्ग मोबाइल कन्टि्रब्युसन टु युएन एसडिजिज् इन एसिया’ अवार्डका लागि अन्तिम सूचीमा परेकोछ । यस सामाजिक पहलमा एनसेलले स्याङ्जा जिल्लाका ३ गाउँहरु इलादी, दिप्का र ठुलादीमा स्वच्छ प्रविधिमार्फत खानेपानी तथा सिंचाइको सुविधामा पहुँच पुर्‍याई कृषी उत्पादकत्व बढाउन तथा व्यावसायीक खेती मार्फत आय आर्जन गर्न, सरसफाई तथा पोषणमा सुधार ल्याउन योगदान पुर्याएको छ । परियोजनामा प्रयोग भएको स्मार्ट मिटरले समुदायलाई घरेलु तथा सिंचाईका लागि पानीको व्यवस्थापन गर्न मद्दत पुर्‍याएको छ ।

”एसियन मोबाइल अवार्डस् २०१७ का लागि मनोनित भएका सबैलाई हार्दिक बधाई दिन चाहन्छौ,” जिएसएमएका प्रमुख बजार अधिकृत माइकल ओहारा ले भने । “यो अवार्डस्ले एसियाका मोबाइल उद्योगमा रहेका अग्रणी प्रविधिहरु, वस्तुहरु, सेवाहरु, कम्पनीहरु र व्यक्तित्वहरुलाई सम्मान गर्दछ ।”

एसियन मोबाइल अवार्डस्का लागि ५ वटा विधा अन्तर्गत १२ वटा अवार्डका लागि ११५ मनोनयनमा परेका छन् । पाँच विधा अन्र्तगत ‘बेस्ट मोबाइल एप्स’, ‘बेस्ट मोबाइल डिभाइस’, ‘बेस्ट टेक्नोलोजी इनोभेसन’, र ‘आउटस्ट्यान्डिङ्ग एचिभमेन्ट’ पुरानै विधा हो भने ‘सामाजिक तथा आर्थिक विकास’ नयाँ विधा हो । एसिया मोवाइल अवार्डस्का लागि विश्वका ५० भन्दा बढि स्वतन्त्र विज्ञ, विश्लेषक, पत्रकार, शिक्षक तथा कुनै विशेष परिस्थितिमा आवश्यक भए मोबाइल कम्पनीका प्रतिनिधि समेत संलग्न रहेको निणर्ायक मण्डलले मनोनयनमा परेका पहलहरुलाई मुल्याङकन गरी विजेता घोषणा गर्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment