+
+
Shares

वैद्य माओवादीद्वारा विराटनगर महानगरपालिकामा उम्मेदवार घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २८ गते १३:४३

२८ जेठ विराटनगर ।मोहन वैद्य नेतृत्वको माओवादी सम्वद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाले विराटनगर महानगरपालिकाको मेयरसहित विभिन्न वडाका उम्मेदवार आज घोषणा गरेको छ ।

आज विराटनगरमा पत्रकार सम्मेलन गरी पार्टीको तर्फबाट सन्तोष सरकारलाई मेयरको उम्मेदवार घोषणा गरिएको हो ।

त्यसैगरी सो पार्टीले विराटनगर महानगरपालिकाको ४, ५ र ६ नम्वर वडाको अध्यक्षमा क्रमशः राम विन, महमद वेचन र संजय साहलाई उम्मेदवार घोषणा गरेको छ ।

देशभक्त जनणतान्त्रिक मोर्चाको नगर संयोजक दामोदर पाण्डेले पहिलो चरणमा मेयर र केही वडाको उम्मेदवार मात्र टुंगो लागेअनुसार उम्मेदवार घोषणा गरिएको जानकारी दिए । उनले केही दिन भित्रै बाँकी वडाहरुमा पनि उम्मेदवार घोषणा गर्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?