
२९ जेठ, नेपालगन्ज । बाँकेको राप्तीपारीका स्वास्थ्य चौकीमा कर्मचारी समयमा कार्यालय नजाँदा सेवाग्राही कार्यालय समयमा पनि कर्मचारी आउलान र कार्यालय खोलेर उपचार पाइएला भन्दै ढोका बाहिर बस्न बाध्य छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ सहितको जिल्ला निर्वाचन व्यवस्थापन समिति मतदान केन्द्रको अवलोकन गर्न फत्तेपुरको स्वास्थ्य चौकीमा १० बजेर २० मिनेटमा पुग्दा सेवाग्राही स्वास्थ्य चौकीका कर्मचारी आउने बाटो कुरेर ढोका मै बसेका थिए ।
स्वास्थ्य चौकीका इन्चार्ज दिपेन्द्रकुमार रेग्मीले तालिम भन्दै अहेव सुरेश शर्मालाई निमित्त दिएर हिडेको र शर्मा पनि तालिम भन्दै सदरमुकाम नेपालगन्ज गएकोले कार्यालय खोल्न केही ढिलाई भएको सोही स्वास्थ्य कन्द्रकी अनमी हरिकला गिरीले जानकारी दिइन ।
बाँकेका प्रमुख जिल्ला अधिकारी पन्थ, बाँके प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक टेकप्रसाद राई, सीमा सुरक्षा कार्यालय महेन्द्रनगर बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजुअधिकारी सहितको टोली सो स्वास्थ्य केन्द्रमा रहेको मतदान केन्द्रको अवलोकन गर्न पुग्दा कार्यालय समयमा नै कर्मचारी नभएर स्वास्थ्य चौकीको मुख्य ढोका मै ताला लगाएको थियो ।
डिपो सुई लगाउन स्वास्थ्य चौकीमा आएकी फत्तेपुर कै माया चौधरी ९ बजेदेखि स्वास्थ्य चौकीका कर्मचारी पर्खेर बसेको बताइन । उनले सधै जसो स्वास्थ्य चौकीमा कर्मचारी नहुँने गरेकोले आफूहरु अनाहकमा सेवालिन आउँदा दिन नै बिताउन पर्ने गरेको दुखेसो पोखिन ।
स्वास्थ्य चौकीमा कर्मचारी नहुँदा कुनै आकस्मिक घटना भएर उपचार गराउन आउनेहरु झनै मर्कामा पर्ने गरेका छन् । अनमी गिरीले कार्यालयको ढोका खोलेपछि कार्यालय भित्रको अवस्था झनै विकराल रहेको थियो ।
बिरामी उपचार गराउने कोठामा सिमेन्ट भण्डारण गर्नुको साथै उपचारमा प्रयोग भएका सामग्री यत्रतत्र छरिएर फालिएको अवस्थामा भेटिएको थियो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी पन्थले कार्यालयको कर्मचारी हजिरी रजिष्टर हेर्दा देश थारु २१ गतेदेखि हाजिर नभएको फुटक्या थारु २५ गतेदेखि, परशुराम थारु र गोर्कण आरसीले हाजिर नगरेको अवस्थामा भेटिएको थियो ।
प्रतिक्रिया 4