+
+
Shares

तुलसीपुरका व्यवसायी श्रेष्ठलाई अपहरण गर्नेको स्केच सार्वजनिक, सूचना दिनेलाई १ लाख पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ३० गते १०:५५


३० जेठ, तुलसीपुर । प्रहरीले दाङका ब्यवसायी राजकुमार श्रेष्ठ र रणबहादुर घर्तीको अपहरणमा संलग्न संदिग्ध व्यक्तिहरुको स्केच सार्वजनिक गरेको छ । साथै प्रहरीले घटनाबारे सूचना दिने ब्यक्तिलाई नगद एक लाख पुरस्कार दिने घोषणासमेत गरेको छ ।

दाङको तुलसीपुरस्थित बुटवल बस्त्रालयका सञ्चालक श्रेष्ठ र अर्का व्यक्ति घर्ती गत शुक्रबारदेखि सम्पर्कविहीन छन् । सल्यान जान भनेर हिँडेका उनीहरु हालसम्म घर नफर्किएपछि अपहरणमा परेको निष्कर्षसहित प्रहरीले खोजी जारी राखेको छ ।

श्रेष्ठ र घर्ती सवार गाडी सल्यानको मुलखोलामा बेवारिसे अवस्थामा फेला परेको थियो । अज्ञात समूहले गाडीमा ढुंगा हानेर रोकेको र अपहरण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनाको अनुसन्धानका लागि मध्यपश्चिम प्रहरी प्रमुख डीआईजी बिजय कायस्थ दाङ आएका छन् । उनले घटनाबारे सुक्ष्म अध्ययन भइरहेको भन्दै दुई-चार दिनमै सत्य तत्थ्य बाहिर आउने बताए । श्रेष्ठको खोजीमा सोमबारदेखि कुकर पनि परिचालन गरिएको छ ।

घटनामा महिलाको प्रयोग भएको हुनसक्ने प्रहरीको आशंका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?