Comments Add Comment

निर्वाचन विरोधी गतिविधि गर्ने चार व्यक्ति झापाबाट पक्राउ

४ असार, झापा । आसन्न स्थानीय तहको निर्वाचन विरोधी गतिविधि गर्ने चार जनालाई प्रहरीले जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

सीके राउत समूहकी जिल्ला संयोजक कौशिला महतो, विप्लब माओवादीका मेची अञ्चल ब्यूरो इञ्चार्ज सुमन लिम्बु, जिल्ला सचिव तारा थापा र मेची अञ्चल ब्यूरो सदस्य डिल्ली निरौला पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी प्रमुख एसपी शैलेश थापा क्षेत्रीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार महतोलाई गौरीगञ्ज, लिम्बु र थापालाई गरामनी र पराजुलीलाई दमकबाट पक्राउ गरिएको हो ।

उनका अनुसार महतोलाई निर्वाचनविरुद्ध प्रचारप्रचारमा सक्रिय भएको अवस्थामा पक्राउ गरिएको हो भने लिम्बु र थापालाई कसरी निर्वाचनलाई सशक्त बहिष्कार गर्न सकिन्छ भनेर छलफल गर्दा गर्दै पक्राउ गरिएको थियो ।

त्यस्तै, पराजुलीलाई अघिल्लोपटक पनि निर्वाचनविरुद्धको गतिविधिमा संलग्न भएको भन्दै ‘प्रिभेन्टिभ एरेष्ट’ गरिएको हो ।

झापाका ८ मतदान केन्द्र अति संवेदनशील, ९८ संवेदनशील र १ सय ३९ सामान्य रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment