+
+
Shares

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७४ असार ४ गते १७:२९

४ असार, दाङ । दाङको शान्तिनगर गाउँपालिका-४ चौकीडाँडामा मोटरसाइकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

रा.१ प ८५३२ नम्बरको मोटरसाइकलले ठक्कर दिदा आइतबार गम्भीर घाइते भएकी पैदलयात्री सोही गाउँपालिका-४ बस्ने ७५ वर्षीया मनि बस्नेतको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस्नेतको राप्ती अञ्चल अस्पताल तुल्सीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?