५ असार, काठमाडौं । निर्वाचन आयोगले दोस्रो चरणको चुनाव हुने तीन वटा प्रदेशमा चार दिन शैक्षिक संस्थामा विदा दिन सरकारलाई आग्रह गरेको छ । साथै मतदान हुने दिन १४ गते सार्वजनिक विदा भनेको छ ।
आयोगको सोमबार बसेको बैठकले असार १४ गते प्रदेश नम्बर १, ५ र ७ मा सार्वजनिक विदा दिन सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो ।
साथै १० गतेदेखि १४ गतेसम्म विद्यालय, क्याम्पससहितका शैक्षिक संस्थामा विदा दिन आग्रह पनि गरेको छ । चुनावका क्रममा अधिकांश मतदान केन्द्र विद्यालय तथा क्याम्पसलाई नै बनाइएको छ ।
आयोगको आग्रह अनुसार सरकारले निर्णय गर्न भने बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4